नामी कलेजले स्नातक तहमा वातावरण विषयकोअध्यापन गराउने
- नयाँ शिविर
- २०८३ असार १२ शुक्रबार
काठमाडौं – काठमाडौंको नयाँ बानेश्वरमा रहेको नामी कलेजले काठमाडौं विश्व विद्यालयबाट सम्बन्धन लिई स्नातक तहमा वातावरण अध्ययन (Bachelor of Environmental Studies – BES) कार्यक्रमका लागि अगस्ट २०२६ शैक्षिक सत्रको भर्ना खुला गरेको छ । चार वर्षे यस शैक्षिक कार्यक्रमले वातावरण संरक्षण, दिगो विकास तथा जलवायु परिवर्तनजस्ता समसामयिक चुनौतीहरूको सामना गर्न सक्षम दक्ष वातावरणविद् उत्पादन गर्ने लक्ष्य राखेको कलेजले जनाएको छ ।
नामी कलेज काठमाडौं विश्वविद्यालय बाट Bachelor of Environmental Studies कार्यक्रम सञ्चालन गर्ने नेपालकै पहिलो कलेज हो । यस कार्यक्रमको सुरुवातसँगै नेपालमा गुणस्तरीय वातावरण शिक्षाको विस्तार तथा दिगोपनमा आधारित उच्च शिक्षाको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास कलेजले व्यक्त गरेको छ ।
विश्वव्यापी रूपमा जलवायु परिवर्तन, जैविक विविधताको ह्रास, पानीको अभाव, प्रदूषण, प्राकृतिक स्रोतको संरक्षण तथा तीव्र शहरीकरणजस्ता चुनौतीहरू बढ्दै गइरहेका बेला वातावरण क्षेत्रमा दक्ष जनशक्तिको आवश्यकता पनि बढ्दो छ । यही आवश्यकतालाई मध्यनजर गर्दै नामी कलेजले वैज्ञानिक ज्ञान, अनुसन्धान र व्यवहारिक सिकाइलाई एकीकृत गर्दै विद्यार्थीलाई भविष्यका वातावरणीय नेतृत्वका लागि तयार गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालनमा ल्याएको कलेजले जनाएको छ ।
यस कार्यक्रमको प्रमुख विशेषता Field–based Learning हो । नेपालको हिमालदेखि तराईसम्म फैलिएको विविध भौगोलिक तथा पारिस्थितिक प्रणालीमा विद्यार्थीहरूले नियमित फिल्ड भ्रमण, वातावरणीय अध्ययन, अनुसन्धान तथा समुदायमा आधारित परियोजनामार्फत प्रत्यक्ष सिकाइको अनुभव प्राप्त गर्नेछन् । यसले कक्षाकोठामा सिकेका सैद्धान्तिक ज्ञानलाई व्यवहारमा प्रयोग गर्न सहयोग पु¥याउने कलेजले जनाएको छ ।
काठमाडौं विश्वविद्यालयको सम्बन्धन प्राप्त यस कार्यक्रमले विद्यार्थीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूपको पाठ्यक्रम, गुणस्तरीय शिक्षण, अनुसन्धानमुखी अध्ययन तथा विश्वसनीय शैक्षिक मान्यता प्रदान गर्नेछ ।
यस कार्यक्रमका स्नातकहरूले वातावरणीय परामर्श संस्था, सरकारी निकाय, संरक्षणसम्बन्धी संस्था, गैरसरकारी तथा अन्तर्राष्ट्रिय विकास साझेदार संस्था, अनुसन्धान केन्द्र, जलवायु परिवर्तन तथा दिगो विकास परियोजना, प्राकृतिक स्रोत व्यवस्थापन लगायत विभिन्न क्षेत्रमा रोजगारीका अवसर प्राप्त गर्न सक्नेछन्। साथै वातावरण विज्ञान, दिगोपन, सार्वजनिक नीति तथा सम्बन्धित विषयमा उच्च अध्ययनका लागि पनि यो कार्यक्रम उपयुक्त आधार बन्ने विश्वास कलेजले लिएको छ ।
अगस्ट २०२६ देखि सुरु हुने यस कार्यक्रमका लागि उच्च माध्यमिक शिक्षा वा सो सरहको योग्यता हासिल गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नेछन् । सीमित सिट भएकाले इच्छुक विद्यार्थीलाई समयमै आवेदन दिन कलेजले आग्रह गरेको छ । योग्यता, छात्रवृत्ति, भर्ना प्रक्रिया तथा अन्य जानकारीका लागि इच्छुक विद्यार्थीहरूले नामी कलेजको भर्ना कार्यालयमा सम्पर्क गर्न वा कलेजको आधिकारिक वेबसाइटमा जानकारी लिन सक्ने बारे कलेजका मार्केटिंग प्रमुख करुण रेग्मीले जानकारी दिनु भयो ।
तपाईको प्रतिक्रिया