नेपाली कांग्रेसको महाधिवेशन तोकिएकै समयमा हुन्छःडाँगी
- नयाँ शिविर
- २०७७ श्रावाण १८ आइतबार

नेपाली कांग्रेस दाङ क्षेत्र नं. २ का सभापति भूप बहादुर डा“गी सँग समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेर सूचनापत्रको साता कुराकानिका लागि यस पत्रिकाका सह–सम्पादक अनिलकुमार शर्माले गरेको कुराकानिको सारसंक्षेपमा………….
स्वागत छ सूचनापत्रको साता कुराकानिमा ?
धन्यबाद !
तपाईको व्यस्तता आजभोलि केमा रहेको छ ?
म नेपाली कांग्रेसको कार्यकर्ता भएकाले कांगे्रसको संगठन सुढृदीकरण अभियानमा लागिरहेको छु । नेपाली कांग्रेस क्षेत्र नं. २ का कार्यकर्ताहरुको सुखदुखमा सामेल भएको छु साथै नेपाली कांगे्रसको महाधिवेशनको मिति तय भईसकेको छ, त्यसैको तयारीमा म लगाएत नेपाली कांगे्रस दाङ क्षेत्र नं. २ परिवार लागेको छ ।
तपाईले लकडाउनको मूल्याङ्कन कसरी गर्नुभयो ?
विश्वव्यापी संकटको रुपमा देखा परेको नोवेल कोभिड–१९ ले विश्व जगतलाई त्राहीत्राही बनाएको अवस्थामा हाम्रो देश नेपाल पनि त्यसबाट अछुतो रहन सकेन । नागरिकको स्वास्थ्य सुरक्षाको लागि सरकारले लकडाउन ग¥यो । सरकारले गरेको लकडाउन जनताले पूर्णरुपमा पालना गरे, तर सरकार जनताको स्वास्थ्यप्रती गम्भिर बनेको देखिएन । लकडाउनको समयमा जनताले सरकारबाट जुन अपेक्षा गरेका थिए त्यो सरकारले पुरा गर्न सकेन । लकडाउनको समयमा धेरै चूनौती र अवसरहरु आए चूनौतीको सामना गर्दै अवसरको सदुपयोग लकडाउनमा गरियो ।
कोरोना त्रास यथावत रहेकै बेला लकडाउन खोलिनु जायज छ ?
कोरोनाको त्रास यथावत नै छ, यसले भयावह रुप लिन सक्ने संकेत गरेको छ, तर जनताको दैनिकी सहज बनाउनु छ । जनताको स्वास्थ्यलाई सुरक्षित राख्दै लकडाउन खोलिनु पर्छ। लकडाउनकै कारण देशको अर्थतन्त्र धरासायी भईरहेको अवस्थामा सरकारले अन्तराष्ट्रिय मापदण्ड पुरा गरी जनताको स्वास्थ्यको ग्यारेन्टी लिई लकडाउन खोलिनु पर्छ ।
लकडाउनका कारण आमनागरिकको दैनिकी अस्तव्यस्त भएको समयमा नेपाली कांगे्रसले जनताको पक्षमा के ग¥यो ?
लकडाउनको समयमा नेपाली कांगे्रसले जनताको सुखदुखमा साथ दिएको छ । नेपाली कांगे्रसका वडा तहदेखि केन्द्र सम्मका नेता कार्यकर्ताहरु स्वस्फूर्त रुपमा परिचालित भई जनताको सुखदुखमा सामेल भएका थियौं । नेपाली कांगे्रसको केन्द्रिय निर्णय अनुरुप राहत वितरण गरेका थियौं । अति विपन्न, दैनीक ज्यालामजदुरी गरी परिवार पाल्नेहरुलाई नेपाली कांगे्रसका नेता कार्यकर्ताहरुले खोज्दै राहत वितरण गरेका थियौं । नेपाली कांगे्रसले विना भेद्भाव विपन्न परिवारका सदस्यहरुलाई राहत वितरण गरेको थियो । अलपत्र परेका पदैल यात्रीलाई गन्तव्यमा पु¥याउने काम र खान नपाएकालाई पेटभरी भोजनको व्यवस्था नेपाली कांगे्रसको पहलवाट भएको थियो ।
नेपाली कांगे्रसको सांगठनिक अवस्था कस्तो छ ?
ेनेपाली कांगे्रसको सांगठनिक अवस्था एकदमै राम्रो छ । दिनप्रतिदिन जनता नेपाली कांगे्रस प्रति आकर्षित हुँदै गएका छन् । देशव्यापी रुपमा विभिन्न पार्टी परित्याग गरी हजारौको संख्यामा कार्यकर्ता प्रवेश गरिरहेका छन् । नेपाली कांगे्रसले नै संमृद्ध नेपालको सपना साकार पार्छ भन्ने बुझाइले पनि जनता कांग्रेस प्रति आकर्षित भएका हुन् । विगतको इतिहासलाई हेर्ने हो भने पनि कांगे्रस प्रति जनता आकर्षित थिए, आज पनि छन् भोलि पनि हुने छन् । कांग्रेसनै जनताको सुखदुखको साथि हो, नेपाली कांगे्रसबाट नै देश विकास हुन्छ भन्ने विश्वास जनतामा रहेको छ ।
नेपाली कांग्रेस शिर्ष नेतृत्वमा देखिएको विवादको मुल जड के हुन सक्छ ?
नेपाली कांग्रेस लोकतन्त्रमा विश्वास गर्छ, लोकतान्त्रीक अभ्यास बाट कांगे्रस चलेको छ । पार्टी शिर्ष नेतृत्वले आ–आफ्ना ऐजेण्डा प्रस्तुत गर्दा विवाद आउनु स्वभाविकै हो, तर शिर्ष नेतृत्वपंक्तिले जुङ्गाको लडाई र भागबण्डाका लागि गरेको विवाद कार्यकर्तालाई सैह्य हुँदैन ।
नेपाली कांग्रेसको शिर्ष नेतृत्व विधान अनुरुप चलेन भन्ने कार्यकर्ताको आरोप छ । वास्तविकता के हो ?
नेपाली कांग्रेस राष्ट्रियता,लोकतन्त्र र समाजवादमा विश्वास गर्छ । कांगे्रसको आफ्नै विधि र विधान छ । शिर्ष नेतृत्वहरुबिच फरक ऐजेण्डाहरुमा छलफल भएको विषयलाई लिएर शिर्ष नेतृत्व विधान अनुरुप चलेन भन्नु गलत हो ।
नेपाली कांग्रेस भित्र पुराना कार्यकर्ताको मूल्याङ्कन नहुनु नवप्रवेशीको हालिमुहालि भएको देखिन्छ नी ?
नेपाली कांगे्रसको लामो ईतिहास छ । नेपाली कांगे्रसको संगठन निर्माण गर्न हिजोका अग्रज व्यक्तिहरुले जुन भूमिका निर्वाह गर्नुभएको थियो त्यसको पार्टीले उचित मूल्याङ्कन गरेको छ, अग्रजहरुलाई पार्टीले सम्मान गरेको छ, समय अनुसार स्थान दिईरहेको छ, त्यसैले पुराना अग्रज कार्यकर्ताको सम्मानमा कुनै कन्जुस्याँई पार्टीले गरेको छ जस्तो मलाई लाग्दैन । समय परिवर्तनशिल छ, नयाँनयाँ प्रविधिका विकास भएका छन्, विकासले अग्रगामी छलाङ मारेको छ, जनताको दैनिकी दिनचार्य बद्लीएको छ । समयक्रमनुसार नेपाली कांगे्रस प्रति जनताको भरोसा बढ्दै गएको छ । कांगे्रसमा प्रवेश गर्नेहरुको लहड चलेको छ । क्षमतावान नवप्रवेशि कार्यकर्तालाई पनि पार्टीले उचित स्थान दिएको छ । नवप्रवेशि पनि नेपाली कांगे्रसको कार्यकर्ता हो, त्यसैले क्षमतावान कार्यकर्तालाई पार्टीले अवसर दिनैपर्छ ।
कांग्रेसले पूर्वाग्रही ढंगवाट गोविन्दराज जोशीलाई कारवाही गरेको हो ?
नेपाली कांग्रेसको अनुशासन समिति छ । नेता जोशीलाई कारवाहीको माग गर्दै उजुरी परेको थियो, तर कांगे्रसले समय गुज्रीसकेपछि जोशीलाई कारवाही गरेको छ । जोशी दोषि दिए भने तत्काल कारवाही गरिनु पथ्र्यो । समय गुज्रीसकेपछि कारवाही गर्नाले आमकार्यकर्ताको बुझाई पूर्वाग्रही ढंगवाट भएकै हो भन्ने छ ।
राप्रपा परित्याग गरी भर्खरै कांग्रेस भित्रिएका सुनिलकुमार थापालाई सह–महामन्त्रीको जिम्मेवारी दिनु जायज छ ?
सुनिलकुमार थापा राप्रपा परित्याग गरी कांगे्रस प्रवेश गरिसकेपछि उहाँ कांग्रेस कार्यकर्ता भईसक्नु भयो । सुनिल थापाको राजनीतिक पृष्ठभूमी पनि लामो छ । उहाँ यो देशको पूर्वमन्त्री भइसक्नु भएको छ । उहाँमा देश बनाउने र कांगे्रस बनाउने क्षमता छ, त्यसैले पार्टी सभापति ज्यूले पार्टीकै विधान अनुरुप सह–महामन्त्रीको जिम्मेवारी दिनु भएको छ । यस विषयमा धेरै टिकाटिप्पणी गर्नु भन्दा नेपाली कांगे्रसले एक सच्चा कार्यकर्ता पायो भन्ने विषयमा सोच्नुपर्छ ।
नेपाली कांग्रेसको महाधिवेशनको मिति तय गरेको छ । निर्धारित समयमै महाधिवेशन सम्पन्न हुन्छ ?
नेपाली कांगे्रसले वडा तहदेखि केन्द्र तहसम्मको अधिवेशन गर्ने भनेर २०७७ पौष र फाल्गुन महिनालाई मिति तय गरेको छ । शिर्ष नेतृत्वहरु पनि यसै समयमा महाधिवेशन सम्पन्न गर्नुपर्छ भनेर लागिरहनु भएको छ । देशका ७७ जिल्लाकै कांगे्रसका नेता कार्यकर्ताहरु महाधिवेशन तयारीमा जुटीसकेको अवस्था छ । कुनै अप्रीय घटना घटेन भने तय भएकै मितिमा महाधिवेशन सम्पन्न हुन्छ ।
यस पटकको अधिवेशन बाट नेपाली कांग्रेस जिल्ला कार्यसमिति दाङ सर्वसम्मत हुने सम्भावना छ ?
हामी यस पटकको अधिवेशनमा वडा र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत गरी ल्याउने सोचमा रहेका छौं । सबै साथीहरुले जिल्ला कार्यसमिति सर्वसम्मत गरौं भन्ने आवाज निकाल्नु भयो र सर्वसम्मत हुने लक्षण देखा पर्यो भने त्यो पनि सम्भावना छ, अन्यथा जिल्ला कार्यसमिति पदाधिकारीको निर्वाचन हुनेछ ।
यस पटक तपाई नेपाली कांगे्रस जिल्ला कार्यसमिति दाङको सभापति पदमा उम्मेद्वारी दिने सोचमा हुनुहुन्छ ?
म नेपाली कांगे्रसको कार्यकर्ता भएको नाताले कांगे्रस पार्टी भित्र हुने हरेक गतिविधिमा सामेल हुने गरेको छु । नेपाली कांगे्रस दाङ क्षेत्रीय सभापति भएर दुई कार्यकाल जनताको सेवा गरेको छु । साथिहरुको सल्लाहसुझावलाई शिरोधार्य गरी उम्मेद्वारी दिने÷नदिने विषयमा सोच बनाउने छु । अहिलनै उम्मेद्वारी घोषणा गर्ने बेला भईनसकेकाले समय आयो भने साथीहरुलाई म अवश्य बताउने छु ।
१४. तपाईका शुभचिन्तक एवम् कार्यकर्तालाई केही भन्नु छ ?
कोभिड–१९ वाट आफू पनि बचौं र अरुलाई पनि बचाऔं, आफ्नो स्वास्थ्यको ख्याल आफै गरौं । मन, वचन र कर्मले सामाजिक क्षेत्रमा क्रियाशिल रहौं, सहमति, सहकार्य र एकतालाई मुलमन्त्र ठानी कांगे्रसको संगठनलाई मजबुत बनाऔं ।
१५. अन्त्यमा …………..
नेपाली कांग्रेस र कोभिड–१९ का विषयमा मेरा बिचारहरु राख्ने सु–अवसर प्रदान गर्नुभएकोमा तपाई लगाएत यस सूचनापत्र साप्ताहिक पत्रिकालाई धन्यवाद !
(सुचनापत्र साप्ताहीकबाट साभार)
तपाईको प्रतिक्रिया