दाङका यातायात व्यवसायीहरूले बुझाए ज्ञापनपत्र
- नयाँ शिविर
- २०७७ श्रावाण १ बिहीबार

अनिल अधिकारी
१ साउन,दाङ।दाङ जिल्लाबाट संचालित यातायात प्रालि तथा मजदुर संगठन ले यातायात व्यवसायीहरूका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउँदै बिभिन्न संचार माध्यम तथा सामाजिक संजालमा सार्वजनिक यातायात संचालन हुने बिषयमा आएको खवर प्रति यातायात प्रालिको गम्भीर ध्यानाकर्षण भएको ज्ञापनपत्रमा उल्लेख छ। ज्ञापनपत्रमा गाडी संचालनको बिषयमा समाचार सम्प्रेषण गर्दा यातायात महासंघसंग समन्वय गरी मात्र समाचार सम्प्रेषण गर्न उल्लेख गरिएको छ।
बिश्वब्यापी संकट एवं महामारीको रुपमा देखिएको नोबेल (कोभिड_19)कोरोना भाइरसका कारण आमनागरिकको जनजिवन प्रभावित बनेको छ,बिशेषगरी लकडाउनका कारण गरी खाने बर्ग र मजदुर प्रभावित भएका छन्। ति बर्गका समस्या समाधानमा सरकारको ध्यान जान जरुरी छ।
लकडाउन यातायात व्यवसायीहरूका लागी श्राप बनेको छ। महिनौ नचलाई राखेका गाडी बिग्रिएर मर्मत गर्नुपर्ने भएका छन्। बिभिन्न बैङ्क तथा वित्तीय संस्थाहरुबाट कर्जा लिई चलाइएका सार्वजनिक यातायातका साधनहरुको किस्ता तथा ब्याज को रकम समयसिमा भित्र बुझाउन सकिएको छैन। बैङ्क तथा वित्तीय संस्थाहरुले किस्ता र ब्याजका लागि दैनिकि ताकेता गरीरहेको अबस्थामा सरकारले जति समय सम्म लकडाउन रहन्छ सो समयसम्मको ब्याज मिनाहा गरी किस्ता बुझाउने ब्यबस्था मिलाई यातायात व्यवसायीहरूलाई सहयोग गर्न ज्ञापनपत्रमा उल्लेख गरिएको छ।
सहज एवं सरल तरिकाले यातायात संचालन गर्नका लागी सरकारले प्रत्येक सवारी साधन धनिहरूलाई दुई लाखका दरले सहुलियत दरमा ऋण उपलब्ध गराउन ज्ञापनपत्रमा उल्लेख छ। सार्वजनिक यातायातका सवारी साधनहरुमा कामगर्ने मजदुरहरुलाई बन्दाबन्दीको समयसम्मको लागि मासिक रूपमा उचित रकमको ब्यबस्था, अहिलेको अवस्थामा गाडी संचालन गर्नुपर्दा सामाजिक दुरीकायम,गाडीलाई सेनिटाईजर,श्रमिकहरुलाई स्वास्थ्य सामग्री र स्वास्थ्य बिमा, गाडीका पाटपुर्जाको अत्यधिक मुल्यबृद्धि भएकाले संपूर्ण ब्यबस्था सहजरूपमा मिलाई दिन यातायात व्यवसायीहरूले माग गरेका छन्।
२०७७असार २२गते यातायात व्यवसायीहरूले जारी गरेको प्रेस विज्ञप्तिमा असार मसान्तभित्र यातायात व्यवसायीका माग पुरा नभएमा दाङ जिल्लामा संन्चालित सार्वजनिक सवारी साधनका संन्चालकहरूले २०७७साउन १गते जिल्ला प्रशासन कार्यालय दाङमा गाडीका चावी र ब्लु बुक बुझाउने भनि बिज्ञप्ती जारी गरेकोमा सरकारले जारी गरेको लकडाउनको समय्अबधि साउन ७ गतेसम्म कायमरहेको हुदा साउन ७ गतेसम्म यातायात व्यवसायीहरूका मागहरू पुरा नभएमा साउन ८ गते देखि सवारी साधनका चावीहरू जिल्ला प्रशासन कार्यालय दाङमा बुझाउदै जाने र माग पुरा नभएमा चरणवद्ध रूपमा आन्दोलनको घोषणा गरी आन्दोलन गर्न बाध्य हुने ज्ञापनपत्रमा उल्लेख छ।
नेपाल यातायात राष्ट्रिय महासंघ अन्तरगत दाङ जिल्ला समन्वय समितिका अध्यक्ष भरतनाथ योगीले प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल लाई एक कार्यक्रम बिच यातायात व्यवसायी हरूको माग समेटिएको ज्ञापनपत्र बुझाउनु भएको छ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेपाल यातायात राष्ट्रिय महासंघ ५ न प्रदेश केन्द्रीय सदस्य ज्ञानबहादुर बस्नेत, त्रिशिदेश्वरी राप्ती यातायातका मिनप्रकाश भट्ट,तुलसीपुर डिलक्सका पबन बुढाथोकी, अम्बिकेश्वरी सार्वजनिक यातायात प्रालिका घनश्याम बस्नेत, सहारा यातायातका सुरेन्द्र केसी,मालिक कालिका प्रालिका प्रतिनिधि, नमस्ते प्रालिका प्रतिनिधि, राप्ती यातायात सेवा प्रालिका मदनकुमार आचार्य, चन्द्रसूर्य यातायातका ऋषि केसी, पाण्डवेश्वरी यातायात प्रालिका सरोज शाह, सार्वजनिक मालिक कालिका प्रालिका प्रतिनिधि, जनता यातायात प्रालिका प्रतिनिधि, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केशब भण्डारी, नेपाल यातायात मजदुर संघका पदमबहादुर ओली र अखिल नेपाल यातायात मजदुर संगठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
तपाईको प्रतिक्रिया