भाद्र१०,अछाम।नेपाल कम्युनिस्ट पाटी(नेकपा)अछाम जिल्ला सचिवालय बैठक सम्पन्न भएको छ ।नेकपा अछाम जिल्ला अध्यक्ष तथा रास्ट्रीय सभाका सासद शेरबहादुर कुवरको अध्यक्षतामा बसेको बैठकले भाद्र २गते १७ जनाको ज्यान जाने गरि अछामका रामारोशन क्षेत्रमा गएको बाढीपहिरोले भएको धनजनको क्षतिप्रती दुख ब्यक्त गर्दै तत्काल राहत तथा आबासको ब्यबस्था गर्न माग गरेको छ ।बैठकले पहिरोले घरबारबिहिन बनाएका परीवारलाइ यथाशिघ्र आवासको ब्यबस्था गरी राहत बितरण गर्न माग गरिएको नेकपा अछामका अध्यक्ष तथा रास्ट्रीय सभाका सासद शेरबहादुर कुवरले नयाशिबिरलाइ बताउनुभएको छ । येसै गरि कोभिड१९ बढ्दो जोखिमलाइ न्यूनीकरण गर्न राज्यस्तरबाटै प्रभावकारी कदम चाल्न पनि बैठकले आग्रह गरेको छ ।राज्यले कोभिड१९ को संक्रमण बढ्न नदिन सरकारको कार्य त्यति प्रभावकारी नदेखिएकोले सरकारले सम्पुर्ण उपायहरु अबलम्बन गर्न पनि बैठकले माग गरेको कुवरले जानकारी दिनुभएको छ ।पाटीलाइ थप एकताबद्द र सुदृढ गर्दै कार्यदलको प्रतिबेदन अनुरुप अघाडी बढ्न पाटी नेतृत्वलाइ आग्रह गरेको छ ।

बाढी पिडीत सङ्ग नियमित सामिप्यतामा कुवर
यहि भाद्र ५ गते स्थलगत निरीक्षणको लागि आएको गृहमन्त्री सहितको टोली सङ्गै अछाम आइपुग्नु भएका नेकपा अछामका अध्यक्ष तथा सासद शेरबहादुर कुवर रामारोशन क्षेत्रका बाढीपैडीतहरुको घर दैलोमा पुगी अबलोकन निरीक्षण र सामिप्यता प्रदान गरीरहनु भएको नेकपा अछामका एक जिल्ला सदस्यले नया शिविरलाइ बताएका छ्न।कुवरले बाढी पिडितहरुलाइ भेट गरि राहत र ब्यबस्थापनको लागि आबश्यक पहल गर्ने प्रण गरेको उक्त जिल्ला कमिटी सदस्यले बताएका छन ।रामारोशन गाउँपालीकाको कैलाश खोलामा गत बुधबार आएको बाढीले मानबिय र भौतीक क्षति भइ थुप्रै परीवार घरबार बिहीन र १७ जनाले ज्यान गुमाएका छ्न ।
तपाईको प्रतिक्रिया