काठमाण्डौ १५असाढ,सत्तारुढ नेपाल कम्युनिस्ट पाटी (नेकपा) का युवा नेता ठाकुर गैरेले प्रधानमन्त्री केपी शर्मा ओलीको आफुलाइ प्रधानमन्त्रीबाट हटाउन भारत लागीपरेको भन्ने आइतबार दिएको अभिब्यक्तीबारे भोलि बस्ने स्थायी समितीको बैठकमा गम्भीररुपमा छलफल हुनुपर्ने बताउनुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै नेता गैरेले भन्नुभयो “नेपाली नेताहरुको समेत सम्लग्नतामा आफुलाइ हटाउन खोजिएको भन्ने प्रधानमन्त्रीको भनाइ अत्यन्तै संबेदनशील विषय भएकोले भोलि बस्ने स्थायी समितीको बैठकमा गम्भीर छलफल हुन जरुरी छ ।”

आइतबार तत्कालीन नेकपा (एमाले)का महासचिव मदनकुमार भण्डारीको ७९औं जन्म जयन्तीको अबसरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो सरकार ढाल्न देशी बिदेशी शक्तीकेन्द्रहरु लागीरहेको बताउनुभएको थियो ।प्रधानमन्त्री ओलीले सरकारले भारतद्वारा अतीक्रमीत भुभाग समेटेर नयाँ नक्सा जारी गरेपछी भारतीय पक्षले सरकार ढाल्न खोजिरहेको संकेत गर्नुभएको हो ।प्रधानमन्त्री कोयसभनाइ प्रति पाटी भित्र र बाहिर विभिन्न कोणबाट टिकाटिप्पणी भैरहेको छ ।
तपाईको प्रतिक्रिया