काठमाडौं – सुदूरपश्चिम प्रदेशको अर्थतन्त्रको मेरुदण्डको रुपमा हेरीएको ७५०० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत परियोजनाको काम अघि बढेको छ । भारतको नेश्नल हाइड्रोइलेक्ट्रिक पावर कर्पोरेशन (एनएचपीसी) ले विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) को मस्यौदा बुझाएपछि आयोजनाको काम अघि बढेको हो । एनएचपीसीले तोकिएको समयमा नै आयोजनाको डीपीआर मस्यौदा बुझाएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्ट लाई बुझाएको छ ।
भारतीय कम्पनी एनएचपीसीले सन् २०२२ को अक्टोबर ९२०७९ साल साउनमा सर्वेक्षणको अनुमति पाएको थियो । सर्वेक्षण अनुमति पाएको मितिदेखि २० महिनामा मस्यौदा र त्यसको ४ महिनापछि अन्तिम प्रतिवेदन बुझाउने सहमति भएको थियो । सहमतिअनुसार कम्पनीले समयावधि भित्रै डीपीआर मस्यौदा बुझाएको हो ।
पूर्ब प्रधानमन्त्री शेर बहादुर देउबाको कार्यकालमा बोर्डले २०७९ मा ७५० मेगावाट क्षमताको पश्चिम सेती जलाशययुक्त जलविद्युत परियोजनासँगै ४५० मेगावाट क्षमताको एसआर–६ जलाशययुक्त आयोजनाको सर्वेक्षण अनुमति समेत एनएचपीसीलाई नै दिएको थियो । सम्झौतामा सुरुमा पश्चिम सेतीको डीपीआर तयार पार्ने उल्लेख भएअनुसार कम्पनीले एसआर–६ को भने डीपीआर बुझाएको छैन । चिनियाँ कम्पनी थ्रीगर्जेजसँगको सम्झौता तोडिएपछि बोर्डले पश्चिम सेती भारतीय कम्पनीलाई दिने निर्णय गरेको थियो ।
तपाईको प्रतिक्रिया