धनगढी, भाद्र ३ – ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) को आयोजनामा सुदुररपश्चिम प्रदेश स्तरीय समावेशी तथा गुणस्तरीय शिक्षा र बालबालिका लागि बजेट बिश्लेषण सभा धनगढीमा आयोजना भएको छ । बालबलिकाका लागि समावेशी तथा गुणस्तरीय शिक्षा र बालबालिकाका लागि बजेट निर्माण गर्नका लागि सझा सबालहरु निर्माण गर्ने उद्देश्यका साथ बल्र्ड भिजन ईन्टरनेसनलको आर्थिक सहयोग तथा सूदुरपश्चिम प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय संगको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो ।

ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) का संस्थापक अध्यक्ष डा. आरजु राणा देउवाको अध्यक्षता तथा सूदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहको प्रमुख आथित्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा सूदुरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवा, सामाजिक विकास मन्त्री झपट बहादुर साउद तथा आर्थिक मामिला मन्त्री नरेश कुमार शाही विशिष्ट अथिति रहेका थिए ।
कार्यक्रममा बल्र्ड भिजन इन्टरनेशनलका फिल्ड लिड केशब भट्ट, प्रकृति श्री अधिकारी, नुरजंङ्ग शाहले कार्यपत्र प्रस्तुत गरेका थिए भने सुदरपश्चिम विश्वविद्यालयको सकायक डिन प्रा.डा. मदन देउवा र डा. यज्ञराज पाण्डेयले पनि आफ्नो भनाई राखेका थिए । कार्यपत्र प्रस्तुत पश्चात डा. रण बहादुर रावलले खुला छलफलका लागि सहजीकरण गरेका थिए ।

कार्यक्रममा समावेशी शिक्षा प्रवद्र्धनका लागी शारिरिक तथा मानसिक अपाङ्गता भएका तथा तेश्रो लिङ्गी बालबालिकाको स्विकार्यता, पहुँच, अनुकुलन र उपलब्धतालाई ध्यान दिदैं विभेद रहित शिक्षण तथा सिकाई क्रियाकलापका बारेमा छलफल भएको थियो ।
गुणस्तरीय समावेशी शिक्षा प्रदान गनर्, प्रदेश भित्र सञ्चालित विशेष विद्यालय, एकिकृत विद्यालय र स्रोत कक्षामा कार्यरत शिक्षकहरुलाई आवश्यक तालिम दिन, बालबालिकालाई प्रविधी मैत्री शिक्षाको पहुँच सुनिश्चितता गर्नका लागि आवश्यक नीति, कार्यक्रम र योजना तर्जुमा गर्न र बालबालिकाको लागि छुट्टै बजेट कोडको व्यवस्था गर्ने विषयमा पनि छलफल भएको थियो ।
तपाईको प्रतिक्रिया