काठमाडौ, साउन २९ – प्रतिनिधिसभा बैठक भदौ ३ गतेसम्मका लागि स्थगित भएको छ । नेकपा एमालेले सोमबारको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध पारेपछि बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ ।
बैठक सुरु हुनासाथ एमाले सांसदहरु आसनबाट उठेर विरोध गरेका थिए । एमाले सांसद उठिरहेकै बेला कांग्रेस सांसद सुनीलकुमार शर्मा पनि आसनबाट उठे । त्यसपछि सभामुख देवराज घिमिरेले सांसद शर्मालाई आफ्ना कुरा छोटकरीमा राख्न समय दिए ।
सांसद शर्माले आफूले सुन तस्करीका नाइकेलाई पक्राउ गर्नुपर्छ भनेर बोलेपछि आफुलाई सरकारले पक्राउ गरेको भन्दै गृहमन्त्रीको राजीनामा मागे । शर्मा बोलिसकेपछि सभामुखले एमाले सांसद मानबहादुर राईलाई बोल्न दिए । राई बोल्न लाग्दा माओवादी केन्द्रका प्रमुख सचेतक समेत रहेका हितराज पाण्डेले शर्माको अभिव्यक्तिप्रति आपत्ति
नेकपा एमालेले गत साउन १० गते तस्करीको सुन छानबिनका लागि उच्चस्तरीय स्वतन्त्र र न्यायीक छानविन समिति गठन गर्नुपर्ने माग राख्दै सदन अवरुद्ध गरेको छ ।
तपाईको प्रतिक्रिया