काठमाडौ ,१५असार सरकारले हाल कायम रहेको खुकुलो प्रकारको लकडाउन आगामी साउन ७गते सम्म लम्ब्याउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटरमा सोमबार बसेको मन्त्रीपरिसद बैठकले कोरोना संक्रमणको दर बढ्दै गएकोले अहिलेलाइ यहि शैलीलाइ साउन ७गते सम्म निरन्तरता दिने निर्णय गरेको हो ।”स्वास्थ्य सतर्कता अपनाउन जरुरत रहेकाले यथास्थीतीको लकडाउनलाइ लम्ब्याइएको हो “बैठकमा सहभागी एक मन्त्रीले बताए ।
सरकारले असार १ गते देखि लागू हुने गरि लक्डाउनलाइ खुकुलो बनाएपछी निजी सवारीसाधन जोरविजोर प्रणालीबाट सञचालन भइरहेका छन भने सार्बजनिक सवारीसाधन तथा उद्दारबाहेकका हवाइ उडान बन्द छ्न । सिमित बजार पसलहरु खुलेपनी भिडभाड हुने सिनेमा हल, सपिङ महल, शैलुन पार्लर विधालय जस्ता क्षेत्रहरु बन्द नै छ्न ।
नेपालमा कोरोना भाइरस संक्रमणको जोखिम न्युनिकरणका लागि सरकारले ११चैत्रदेखी लकडाउन घोसणाको सुरुवात गरेको हो ।चरणबद्द रुपमा लकडाउनको अबधी थप हुँदै गएको छ । नेपालमा सोमबार मात्रै ४७६ जना कोरोना भाइरस संक्रमीत थपिएका छ्न ।यो सङ्गै कुल सन्क्रमीतको संख्या १३हजार २सय ४८ पुगेको छ ।
तपाईको प्रतिक्रिया