Site icon Kathmandu Bulletin

नागाबाबाहरुले गरे पशुपतिनाथ मन्दिर प्रवेश

काठमाडौं – महाशिवरात्रि पर्वका लागि काठमाडौँ आइपुगेका नागा बाबाहरू पशुपति मन्दिर परिसर प्रवेश गरेका छन् । नेपाल तथा भारतका विभिन्न स्थानबाट आएका नागा बाबाहरू जन्तीसहित पशुपति मन्दिर परिसर प्रवेश गरेका हुन् ।

बिहान प्रभातफेरी गरेर पशुपति मन्दिरको प्रवेशद्वार नम्बर १ बाट उनीहरू प्रवेश गरेका छन् । जोगीका चार सम्प्रदाय सन्न्यासी, वैष्णव, नानक र उदासीमध्ये नागा सन्न्यासीअन्तर्गत पर्छन् । पशुपतिमा यी चारै सम्प्रदायका जोगी आउने गर्छन् । यस बर्षको महाशिवरात्री पर्व फागुन ३ गते परेको छ ।

Exit mobile version