Site icon Kathmandu Bulletin

भुटानका राजा काठमाडौंमा

काठमाडौं –  भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुक काठमाडौं आइपुगेका छन्। अनौपचारिक भ्रमणका लागि शुक्रबार बिहान उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्।

उनलाई विमानस्थलमा परराष्ट्र मन्त्री आरजु राणा देउवाले स्वागत गरेकी छन्। भुटानी राजा वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्ने कार्यक्रम छ। भारतबाट स्वदेश फर्कने क्रममा उनी काठमाडौंमा आएका हुन्।

भुटानी राजा आजै स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ।

Exit mobile version