चितवन- साहरा सहकारीको रकम हिनामिना अभियोगमा चितवनमा हिजो अबेर राती बयान सकिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, तत्कालीन गोर्खा मिडिया प्रालिका सञ्चालक, शेयर होल्डर तथा प्रबन्ध निर्देशक रवि लामिछानेलाई मध्यरातमा पोखरा लगिएको छ ।
गए राती ८ बजे जिल्ला सरकारी वकिलको कार्यालय चितवनमा रवि लामिछानेको बयान सकिए पनि उनलाई खाना खुवाइवरी बयान प्रमाणित गरेर सरकारी वकिलको कार्यालयबाट बिदा गरी प्रहरीमा पठाउँदा राती ९ बजेको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साले पनि पक्राउको आदेश पाइसकेकोले राती नै वीरगञ्ज लगिने तयारी भए पनि आइतबार हिरासतमा राख्ने म्याद थप गर्नुपर्ने भएकोले लामिछानेलाई पोखरा लगिएको हो । ३ बजे लामिछानेलाई चितवनबाट प्रहरीले पोखरा लगेको थियो । तीन घण्टामा पोखरा पुर्याइएको प्रहरीले जनाएको छ ।
हिजो दिउँसो लामिछाने बयान चलिरहँदा हिजो चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरूले प्रदर्शन गरेका थिए । सो क्रममा प्रदर्शनकारीले ढुङ्गामुढा गरेपछि प्रहरीले पानीको फोहोरा, अश्रुग्याँसले तितरबितर पारेका थिए । सो क्रममा प्रदर्शनकारी र प्रहरी तर्फ केही घाइते समेत भएका थिए ।
आज बिहान जहाजमा पठाउने गरी टिकट बुक गरिराखेको प्रहरीले हिजोको हुल हुज्जतका कारण सुरक्षा जोखिमलाई आँकलन गरी राती नै गाडीबाट पोखरा लगेको जनाएको छ ।
तपाईको प्रतिक्रिया