महिला उद्यमीहरुलाई व्यवशाय सहयोग कार्यक्रम सम्पन्न
- नयाँ शिविर
- २०८१ मंसिर १९ बुधबार

डडेल्धुरा – जिल्लाका गन्यापधुरा गाउपालिका र अमरगढी नगरपालिकामा रहेका महिला नेतृत्व मंच र युवा संजालमा आवद्ध २५ जना महिला व्यवशायीहरुलाई व्यवशाय सहयोग कार्यक्रम सम्पन्न गरीएको छ ।
ग्रामिण महिला विकास तथा एकता केन्द्र रुडुक, डडेल्धुरा र अक्सफाम नेपालको संयुक्त साझेदारीमा संचालित महिला नेतृत्वकर्ताहरुको रुपान्तरीत नेतृत्व परियोजनाले महिला उद्यमी व्यवशाय सहयोग कार्यक्रम अन्र्तगत विभिन्न व्यवशायमा संलग्न उद्यमीहरुलाई सहयोग गरीएको हो ।
महिला नेतृत्व कर्ताहरुलाई आर्थिक सशक्तिकरण मार्फत नेतृत्व क्षमता विस्तार र व्यावशायिक निरन्तरतालाई वढावादिन विपन्न, दलित एवं समावेशी प्रक्रियावाट यि सहयोगहरु संस्थाले प्रदान गरेको कुरा रुडुक डडेल्धुराकी अध्यक्ष मानकुमारी थापाले जानकारी दिनुभएको छ ।
यस कार्यक्रम अन्र्तगत कुल २५ जना व्यवशायी महिलाहरु मध्येवाट १२ जना व्यवशायी महिलाहरुलाई ४ बाख्राका दरले ४८ वटा खरी जातका वाख्रा, १ जनालाई ब्युटीपार्लर व्यवशाय, १ जनालाई तामाका भाडाकुडा वनाउनका आवश्यक कच्चापदार्थ र तामा सहयोग, ३ जनालाई फलामे प्लास्टीक हाउस, १ जनालाई कुखुरापालन व्यवशायका लागि चल्ला, दाना र आवश्यक भाडाकुडा सहयोग, २ जना खुद्रा ब्यापार व्यवशायी महिलाहरुलाई आवश्यक खुद्रा पसल सम्बन्धि सामग्रीहरु, २ जना सिलाई कटाईमा आवद्ध उद्यमीहरुलाई आवश्यक कपडा थान, मेसिन सहयोग, १ जना तरकारी संकलन कर्ता लाई संकलन केन्द्रका लागि आवश्यक सामग्री सहयोग, १ जना अटो व्यवशायी महिलाई अटो संचालन सहयोग र १ जनालाई भैसीपालन सहयोग गरी जम्मा ११ लाख ६५ हजार वरावरको सहयोग गरीएको कुरा संस्थाका कार्यकारी निर्देशक अमर साउद ज्युले जानकारी दिनुभयो ।
गन्यापधुरा गाउपालिका र अमरगढी नगरपालिकामा आयोजना गरीएका छुट्टाछुट्टै कार्यक्रममा रुडुक अध्यक्ष मानकुमारी थापा, गन्यापधुरा गा. पा. उपाध्यक्ष ज्ञानु सेठी देउवा र गन्यापधुरा गा.पा. वडा नं. २ का वडा अध्यक्ष मनोज देउवा ज्युले उद्यमी महिलाहरुलाई बाख्र्रा तथा अन्य सामग्रीहरु हस्तान्तरण गर्नुभएको थियो ।
यसका साथै जिविकोपार्जन एवं उद्यम व्यवशाय संचालन गरीरहेका महिलाहरुले आफ्नो व्यावशायीक योजना निर्माण गरी संस्थाले गरेको सहयोगमा आफ्नो तर्फवाटको रकम थप गरी व्यवशाय निरन्तरता, विमा एवं अन्य व्यवशाय वढोत्तरीका कार्य गर्ने र उक्त व्यवशायका लागि आवश्यक पर्ने प्राविधिक सहयोगका लागि अमरगढी न।पा। र गन्यापधुरा गाउपालिकाले पनि सहकार्य गरेको कुरा साउदले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया