काठमाडौं – न्यूरोडको फुटपाथ विस्तारमा अवरोध आएपछि काठमाडौं महानगरपालिकाको डोजर निर्माण स्थलबाट फिर्ता भएको छ भने वडानम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जनले सडकमा टेबुलकुर्सी राखेर वडाको काम सुरु गरेका छन् ।
काठमाडौं महानगरपालिकाले फुटपाथको निर्माण थालेपछि सडक बिभागले आफ्नो क्षेत्राअधिकार भित्रको सडकमा महानगरले हात हालेको भनेर अपरोध गरेको थियो र निर्माण सामाग्रीहरु पनि कब्जामा लिएको थियो । त्यसपछि अदालत गएको महानगरले पाटन उच्च अदालतको आदेश पााएसंगै फुटपाथ निर्माणको कार्यलाई अघाडी वढाएको थियो । जसमा वडानम्बर २२ का अध्यक्ष लगाएत सर्वसाधारणहरुले बिरोध जनाउदै आएका थिए ।
बिरोध स्वरुप २२ नम्बर वडाका वडाध्यक्ष महर्जनले महानगरले न्यूरोड फुटपाथ विस्तार गर्ने निर्णय फिर्ता नलिएसम्म वडाको काम सडकबाट गर्ने भन्दै सडकबाटै काम थालेका हुन् ।
उनले महानगरविरुद्ध फुटपाथ विस्तारको निर्णय फिर्ता गराउन दबाब दिँदै सडकबाटै वडाको काम सुरु गरेको बताए । धर्मपथ सडक खण्डको नेपाल बैक जाने बाटोमा धर्नाको लागि बनाएको पालभित्रबाट काम सञ्चालन गरेको उनले बताए । उनले वडाध्यक्षको नेमप्लेट र कुर्सी टेबल राखेर ९बजेर ५५ मिनेटदेखि काम सुरु गरेका छन् ।
उनले भने‘महानगरपालिकाको फुटपाथ बिस्तार निर्णय फिर्ता नलिजेलसम्म २२ वडाका सम्पुर्ण कामकाज धर्मपथ सडक खण्डको नेपाल बैक जाने बाटोमा धर्नाको लागि बनाएको पालभित्रबाट संचालन गर्छौ ।’
उनीसँगै कर्मचारीहरुले पनि सडकबाट काम थालेका छन् । महानगरले न्यूरोडमा सडक साघुँरो बनाएर फुटपाथ विस्तार सुरु गरेको भन्दै वडाध्यक्ष महर्जनसहित स्थानीय विरोधमा उत्रिएका छन् । गत बुधबारदेखि फुटपाथ विस्तारको काम सुरु भएतापनि शुक्रबारदेखि भने स्थानीयले काममा अवरोध पुयाएका छन् । अहिले ३२ वटै वडाका वडाध्यक्षहरु र सदस्यहरुले महानगरको कामको विरोध गरिरहेका छन् ।
तपाईको प्रतिक्रिया