Site icon Kathmandu Bulletin

नक्कली डिएसपी बनेर सरकारी कार्यालयमा अनुगमन गर्ने पुवक पक्राउ

नेपालगंज – बाँके प्रहरीले एक जना नक्कली डिएसपीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको दैलेख नगरपालिका – ५ का ३० वर्षीय नैनसिंह विक छन् ।

राष्ट्रिय अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०को डिएसपी बताउँदै सरकारी कार्यालयहरूमा अनुगमनमा जाने गरेको भेटिएपछि नैनसिंहलाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले जानकारी दिए।

उनले आफूलाई डिएसी नवीन शाही हुँ भनेर तीन महिनादेखि बाँकेका विभिन्न सरकारी कार्यालयहरूमा अनुगन गर्ने र विभिन्न सूचना संकलन गर्ने र कर्मचारीहरूसँग चिया, खाजा खाने गरेको भेटिएको ‍एसपी कार्कीले जानकारी दिए।

विकलाई मंगलबार कोहलपुर नगरपालिका–११ बाट पक्राउ गरिएको हो। प्रहरीले विकबाट ठगिएकाहरूलाई प्रहरीमा सम्पर्क गर्न आग्रह पनि गरेको छ। उनीमाथि थप अनुसन्धान भइरहेको एसपी केसीले जानकारी दिए।

Exit mobile version