काठमाडौं – नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य डा. आरजु राणा देउवाले पछिल्लो केही दिन यता देशभरीनै अविरल वर्षापछि आएको बाढी पहिरोका कारण देशका विभिन्न भूभागमा भएको धनजनको क्षतिप्रति गहिरो दुख व्यक्त ब्यक्त गर्नुभएको छ । सामाजिक संञ्जाल मार्फत डा. देउवाले कास्की जिल्लामा एकै परिवारका ७ जनाको मत्यु भएको घटना प्रति गहीरो दुख व्यक्त गदै बाढी पहिरो तथा प्राकृतिक विपत्ती बाट आफ्नो ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्द घाइते महानुभावहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
डा. देउवाले नारायणघाट मुग्लीन सडकमा पहिरोका कारण दुईवटा बस त्रिशुली नदीमा खसेको खबरले अत्यन्त दुखित बनाएको र दुर्घटनामा परि बेपत्ता हुनुभएका सम्पुर्ण यात्रुहरुको तदारुकताका साथ खोजी कार्य गर्न नेपाल सरकारलाई आग्रह गर्न गर्नुभएको छ ।
हाम्रो देशको भौगोलीक अवस्था अनुसार उपयुक्त पूर्व तयारीको अभावमा प्राकृतिक विपत्तीबाट बर्षेनि ठूलो धन जनको क्षति हुने गरेकाले विपत्तीको पूर्व तयारी , उद्धार र राहात कार्य तदारुकताका साथ गराउने र जोखिमपुर्ण सडकको पहिचान गरि मनसुनको समयमा नियमित सडक अवस्थाको अध्ययन गरेर मात्रै सवारी साधन संचालन गर्ने संयन्त्र तयार पार्नका लागि डा. देउवाले नेपाल सरकार संग माग गर्नुभएको छ ।
तपाईको प्रतिक्रिया