काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक आज (मंगलबार) बस्ने भएको छ । बैठक दिउँसो १ बजेका लागि पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरि बोलाइएको हो ।
बैठकमा गत सोमबार भएको कांग्रेस–एमालेबीचको सत्ता सहकार्यसम्बन्धी सहमतिबारे छलफल हुने बताइएको छ । त्यस्तै, बैठकमा नेताहरूको कार्यविभाजनलगायतका विषयमा छलफल हुने कार्यसूची रहेको पार्टीका प्रमुख सचेतक महेश बर्तौलाले बताए । साथै आजको बैठकले पार्टीबाट सहभागीहुने मन्त्रीहरु छान्ने जिम्मा पार्टी अध्यक्ष के.पी. ओलिलाई दिने निर्णय गरिने बताइएको छ ।
गत सोमबार एमाले र कांग्रेसबिच सुरुवाती चरणमा सरकारको नेतृत्व एमाले अध्यक्ष ओलीले गर्ने र चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेर बहादुर देउवाले गर्ने सहमति भएको छ ।
यसैबिच यही असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विश्वासको मत लिँदै छन् ।
तपाईको प्रतिक्रिया