Site icon Kathmandu Bulletin

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जारी

काठमाडौ –  राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक पार्टी केन्द्रीय कार्यालय बालाजुमा बिहान पौने ९ बजेबाट सुरू भएको छ ।

बैठकले महामन्त्री मुकुल ढकाललाई कारबाही गर्ने वा निलम्बन फुकुवा गर्ने भन्नेबारेमा निर्णय गरिने जनाइएको छ।

पार्टीको अनुशासन आयोगले नेतृत्वलाई ढकालको बारेमा प्रतिवेदन बुझाइसकेकाले प्रतिवेदनमाथि छलफल हुने र केन्द्रीय समितिले कारबाही गर्ने वा नगर्ने भन्नेबारेमा निर्णय लिने बताइएको छ।

गत असार १९ गते बसेको केन्द्रीय कमिटीको बैठकले ढकाललाई पार्टी महामन्त्रीबाट सात दिनका लागि निलम्बन गरेको थियो। कार्यवाहक महामन्त्री बुर्लाकोटीलाई र प्रवक्ताको जिम्मेवारी मनीष झालाई दिएको थियो।

गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा निर्वाचनमा पार्टीले जमानत जोगाउन नसकेपछि रास्वपाले महामन्त्रीलाई देश दौडाहामा पठाएको थियो। ढकालले ३८ जिल्लाका नेता कार्यकर्तासँग प्रत्यक्ष अन्तरक्रिया गरेर ३२ पेज लामो प्रतिवेदन बुझाएका थिए। प्रतिवेदनका अंश सभापतिलाई बुझाउनुअगावै बाहिर सार्वजनिक गरेको भन्दै ढकालमाथि अनुशासनको कारबाही चलेको हो।

Exit mobile version