काठमाडौ – नेपाली काँग्रेस नेतृ एंव प्रतिनिधि सभा सदस्य डा. आरजु राणा देउवा बिरुद्ध तथ्यहित, भ्रामक र चरित्र हत्या गर्ने मनासायले समाचारहरु प्रशारण तथा प्रकाशन गरिएको भन्दै विभिन्न संञ्चार माध्यमलाई कारबाहीका लागी नेपाल प्रेस काउन्सीलमा निवेदन दर्ता गरिएको छ ।
डा. आरजु राणा देउवाका स्वकिय सचिव कमल रावलद्धारा प्रेश काउन्सीलमा गर्दा गरिएको निवेदनमा योहो टेलिभिजन, सगरमाथा टेलिभिजन, न्युज २४ नेपाल, प्राईम टाईम एच.डि, कान्तिपुर टिभी, एकता टिभी नेपाल, नेपाली खबर टिभी, खोजनिती खबर र कलर अफ नेपालले डा. राणालाई जोडेर तत्यहीन, भ्रामक र चरित्र हत्या गर्ने मनासयले प्रकाशित भएकाले सम्बन्धीत संचारमाध्यमका सम्पादक, प्रकाशक र समाचार तयार गर्ने संचारकर्मीलाई कानुन अनुसार कारबाही गरि प्रकाशित भएका समाचारहरु हटाउन निर्देशन दिन अनुरोध गरिएको छ ।
डा. राणाका स्वकीय सचिव रावले बारम्बार आधारहिन समाचारहरु ल्याउने गरिएको, टेलिभिजनको टिआरपी बढाउन अनेक हतकड्ना गर्ने गरि समाचारहरु आएकाले कारबाहीका लागी निवेदन दिएको बताएका छन । उनले पत्रकारीताको सामान्य सिद्धान्तहरुलाई अनुसरण नगरिकन फगत टिआरपी बढाउने धन्दामा देशका राष्ट्रिय स्तरको टेलिभिजनहरु उत्रनु खेदजनक रहेको बताए ।


तपाईको प्रतिक्रिया