Site icon Kathmandu Bulletin

आज देशमा पहिलोपटक जननिर्वाचित संसद्को बैठक बसेको दिन

आज

काठमाडौं । आज संसद् दिवस अर्थात् देशमा पहिलोपटक जननिर्वाचित संसद्को बैठक बसेको दिन । मुलुकमा प्रजातन्त्र स्थापना भएपछिको २०१५ सालमा भएको पहिलो आमनिर्वाचनबाट गठित संसद्को पहिलो बैठक बसेको दिन २०१६ असार १६ गतेलाई संसद् दिवसका रूपमा मनाउन थालिएको हो ।

दिवसको अवसरमा शुभकामना सन्देश दिँदै सभामुख देवराज घिमिरेले संसदीय प्रक्रियामा भएका कमीकमजोरीलाई सुधार गर्दै संसद्लाई मुलुक र जनतामा केन्द्रित गर्नु आजको आवश्यकता भएको बताएका छन् । यसैगरी राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले ‘संसद्लाई सत्ताको जोडघटाउ गर्ने स्थल नबनाउन आह्वान गरेका छन् ।

Exit mobile version