काठमाडौं- नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एंव कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति समापति डा. आरजु राणा देउवाले राष्ट्र संचालनको हरेक पक्षमा महिलाको नेतृत्व स्थापना गर्ने गरि अघाडी बढ्ने गरि नेपाल महिला संघले आफ्ना भावि रणनितिहरु तयार गर्नुपर्ने बताउनुभएको छ । बिहिबार काठमाडौमा पाल महिला संघ केन्द्रिय समितिको आयोजनामा भएको पार्टीको नीति, सिद्धान्त तथा महिला संघको भावी रणनीतिबारे विषयक कार्यशाला गोष्ठीमा डा. राणाले नेपाल महिला मसिनो ढंगबाट विश्लेषण गरि त्यसको दुरगामी प्रभाव तथा असरहरुको बारेमा विश्लेषण गरेर मुद्धाहरु उठान गर्नुपर्ने बताउनुभयो ।
देशभरीबाट आएका सहभागिहरुलाई लैङ्गिक समानता, भेदभावको उन्मूलन, महिलाहरूलाई राजनीतिक, आर्थिक, र सामाजिक जीवनमा पूर्ण रूपमा सहभागीहुनका लागि सक्षम गराउने विषयमा सहजिकरण गदै डा. देउवाले रणनैतिक योजनाको उद्देश्य, यसका चरणहरु तथा फाईदाहरु, नेपाल महिला संघको बर्तमान अवस्था र यसको भावि चुनौतीका बारेमा सहभागिहरुलाई सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा डा. देउवाले महिला सशक्तिकरणका विषयमा नेपाल महिला संघलाई कसरी निर्णायक भूमिकामा स्थापित गर्न सकिन्छ भन्नुका साथै महिलाहरुको क्षमता निर्माण, शसक्तिकरण, संगठनात्मक सफलता, भविष्यको तयारी, सरोकारवालाको संलग्नता, दृष्टिकोण, अभियान, मूल्य मान्यताहरूका साथै संघलाई असर गर्न सक्ने प्रमुख बाह्य कारकहरू राजनीतिक, आर्थिक, सामाजिक, प्राविधिक, पर्यावरणाीय र कानूनी पहिचान र विश्लेषण गरी नेपाल संघलाई सशक्त रुपमा स्थापित गराउन सबै सदस्यहरु एकजुट भएर लाग्नुपर्ने बताउनुभएको थियो । सो कार्यक्रमको उद्घाटन नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले गर्नुभएको थियो ।
तपाईको प्रतिक्रिया