काठमाडौं – केहीसमयदेखि प्रेमसम्बन्धमा गायक महेश काफले र गायिका अस्मिता अधिकारीले दुबईमा गएर इन्गेजमेन्ट गरेका छन् ।
उनीहरुले दुबईको बुर्ज खलिफा गएर इन्गेजमेन्ट गरेको महेशले आफनो फेसबुबाट जानकारी दिएका छन् । महेशले अस्मितालाई औंठी लगाइदिएका थिए । उनीहरुले हालसम्म आफूहरु प्रेम सम्बन्धनमा रहेको स्वीकार गरेका थिएनन् ।
उनीहरु दुबैजना अहिलेको चर्चित गायक गायिका हुन् । उनीहरुको दर्जनौ गीत चर्चामा रहेका छन् ।

