काठमाडौ – आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपालले श्रीलंकासँग खेल्ने आफ्नो दोस्रो खेलमा मौसमले चिन्ता बढाएको छ। अ
मौसम पूर्वानुमानअनुसार खेल हुने समयमा पानी पार्ने सम्भावना अत्याधिक छ। श्रीलंका विरूद्धको खेलअघि अन्तिम अभ्यासका लागि सेन्टर ब्रोवार्ड काउन्टी रंगशालामा भेटिएका नेपालका कप्तान रोहितकुमार पौडेल पनि मौसमकै चिन्ता गर्दै थिए।
‘सकेसम्म खेलको टसको बेलमा र खेल सुरू हुने बेलमा वर्षाले असर नगरोस् भन्ने लागेको छ,’ उनले भने।
गर्मी बढिरहेको फ्लोरिडामा अहिले हरेक दिनजसो वर्षा भइरहेको छ। दुई दिनअघि भारी वर्षा हुँदा ब्रोवार्ड काउन्टी मैदानमा पानी निकै जमेको थियो। त्यसले पनि खेललाई असर गर्ने देखिन्छ। तर ग्राउन्ड स्टाफ भने पानी रोकिएको २० मिनेटपछि मैदान खेल्न योग्य हुने दाबी गर्छन्।
खेल अमेरिकाको स्थानीय समयअनुसार मंगलबार राति ७:३० बजे (नेपाली समयअनुसार बुधबार बिहान सवा ५ बजे) सुरु हुनेछ ।
तपाईको प्रतिक्रिया