नदि सरसफाई गरि मनाईयो बिश्व वातावरण दिवस
- नयाँ शिविर
- २०८१ जेठ २३ बुधबार

जेठ २३, डडेल्धुरा – विश्व वातावरण दिवसको अवसरमा डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका वडा नं. ५ मा बहादुरे तथा शिवशक्ति महिला सशक्तिकरण केन्द्रले नदि सरसफाई गरेका छन । अक्सफाम नेपालको आर्थिक एंव प्राबिधिक सहयोग तथा ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) द्धारा संचालित ट्रोसा २ परियोजना अन्तर्गत गठन गरिएका उक्त समुहहरुले रंगुन र महाकालि नदिको संगमस्थल बङघाटमा सरसफाई कार्यक्रम आयोजना गरिएको थियो ।
हाम्रो भुमि, हाम्रो भविश्य भन्ने मुल नाराका साथ मनाइएको यस बर्षको बिश्व वातावरण दिवसका अवसरमा परशुराम मन्दिरको नजिकै रहेको उक्त दुई नदिको संगमस्थलमा बहादुरे महिला सशक्तिकरण केन्द्रका लोक बैज्ञानिकहरुले पानिको गुणस्तर परिक्षण गर्दा पानिमा कोलिफर्मको मात्रा वढी देखिएको र विभिन्न खाले फोहरहरु जम्मा भएकाले उक्त क्षेत्रमा सरसफाई गरिएको बहादुरे महिला सशक्तिकरण केन्द्रका संयोजक भावना खड्काले जानकारी दिईन उक्त सरसफाई कार्यक्रममा दुवै केन्द्रबाट गरि ३५ जना सहभागि रहेका थिए । साथै बहादुरे महिला सशक्तिकरण जस्तै अन्य ४ वटा महिला समुहहरुले परशुराम नगरपालिका अन्गर्तत महाकालि नदिको सिमाक्षेत्रको ५ वटा स्थानहरुमा पनि पानिको गुणस्तरता परिक्षण गरिरहेको रुडुकका डडेल्धुरा कार्यकारी निर्देशक अमर साउदले जानकारी दिए ।
विश्व वातावरण दिवसकै अवसरमा परशुराम नगरपालिका ६ मा रहेका सृजना, भागेश्वरी र सिद्धनाथ महिला सशक्तिकरण केन्द्रले ईलाका वन कार्यालय जोगवुडामा गई आ–आफ्नो समुदायमा रहेका खहरे खोला, नदि तथा मठमन्दिर वरपर बृक्षारोपण गर्नका लागि विभिन्न जातिका विरुवाहरु माग गरेको छन ।
खहरे तथा नदिहरुले दिनदिनै आफ्नो जमिन मासिदै गएकाले तिनिहरुको संरक्षणका लागि लिप्टीस, खैर, सिसम, दालचिनी, वाँस तथा विभिन्न फलफुलका विरुवाहरु गरी जम्मा २३२५ वटा विरुवाहरुका लागि ईलाका वन कार्यालयका कर्मचारी ईश्वरी सिंह बोहरालाई ज्ञापन पत्र बुझाइएको भागेश्वरी महिला सशक्तिकरणकी संयोजक गंगा देवी नाथले जानकारी दिईन । संयुक्त राष्ट्र संघले आह्वानमा प्रत्येक वर्ष जुन ५ मा विश्व वातावरण दिवस मनाइने गरिन्छ ।
तपाईको प्रतिक्रिया