काठमाडौं, भाद्र १६ – काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा आज दिउँसो विद्युत आपूर्ति सेवा बन्द हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरणले सूचना जारी गर्दै टेकु सबस्टेसनमा ट्रान्सफर्मर पुरानै स्वीचगियरमार्फत चार्ज गर्न स्युचाटार के(थ्री ६६ केभी प्रसारण लाइन सट डाउन गर्नुपर्ने भएकाले उक्त सबस्टेसन तथा सोहीसँग सम्बन्धित स्विचिङ स्टेसनहरूबाट आपूर्ति हुने विद्युत सेवा अवरुद् हुने जनाएको छ ।
प्राधिकरणका अनुसार रत्नपार्क, कुलेश्वर, पुल्चोक तथा लगनखेल वितरण केन्द्रअन्तर्गत पर्ने फिडरहरूमा बिहान १० बजेदेखि साँझ साढे ६ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुनेछ ।
लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा विद्यमान टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु स्युचाटार ६६ केभी लाइन १३२ केभी मा चार्ज गर्ने गरी कार्य भइरहेको छ ।
तपाईको प्रतिक्रिया