काठमाडौं, भाद्र १६ – सत्तारुढ नेकपा (माओवादी केन्द्र) को आजदेखि तीन महिने अभियान सुरु हुने भएको छ । यसलाई माओवादीले विशेष रुपान्तरण अभियान भनेको छ ।
देशभरका ७ हजार २४३ वडामा एकसाथ सुरु हुने ‘जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान’का क्रममा माओवादीका शीर्ष नेताहरू वडावडामा पुग्ने कार्यक्रम तय भएको छ ।
प्रचार विभाग प्रमुख अग्निप्रसाद सापकोटाका अनुसार अभियानको आज ९ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट उद्घाटन गर्नेछन् ।
औपचारिक कार्यक्रम भने दिउँसो १ बजे हुनेछ । यसक्रममा प्रधानमन्त्री समेत रहेका प्रचण्ड चन्द्रागिरि नगरपालिका – २ घट्टेडाँडाको कार्यक्रममा जाने छन् ।
वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ललितपुर महानगरपालिका(२८ हरिसिद्धीको कार्यक्रममा सहभागी हुनेछन् । सबै पदाधिकारी जाने वडाहरु तोकिएको छ ।अभियानका क्रममा जनताको घरघरमा जाने र जनतालाई सुन्ने माओवादीले बताएको छ ।
तपाईको प्रतिक्रिया