काठमाडौ, साउन १३ – ६१ किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) का एक जना अधिकृतलाई सूचना सङ्कलनका लागि हङ्कङ पठाइने भएको छ । विदेशी नागरिकको सङ्लग्नता देखिपछि सुचना संकलन गर्न ति अधिकारीलाई हङ्कङ पठाउन लागिएको हो ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुँवेर कडायतले सिआइवीका प्रहरी वरिष्ठ उपरीक्षक .(एसएसपी) दिनेशराज आचार्यलाई हङकङ पठाउने जानकारी दिए । गएको साउन ३ गते हङकङबाट ल्याइएको ६० किलो ७१६ ग्राम सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो ।
त्यसको दुई सातापछि सुन प्रकरणको अनुसन्धान सिआइवीले गरिरहेको छ । सुन प्रकरणमा प्रहरीले २३ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया