किन भईन डा. आरजु राणा कृषि, प्राकृतिक श्रोत तथा सहकारी समितिको सभापति
- नयाँ शिविर
- २०८० भाद्र ११ सोमबार

काठमाडौ, भाद्र ११ – संसदको विषयगत समितिहरुले निर्वाचन भएको १० महिना पछि नेतृत्व प्राप्त गरेको छ । मिनि संसदको रुपमा हेरिने संसदका विषयगत समितिहरु निति, कानुनहरुको बारेमा छलफल गर्ने महत्वपुर्ण थलोको रुपमा हेरिने गर्दछ ।
१० महिना सम्म समितिले नेतृत्व नपाउँदा समितिमा छलफल गर्नुपर्ने महत्वपुर्ण विषयहरु छलफल हुन सकिरहेको थिएन । सरकारको विभिन्न मन्त्रालयहरूलाई निर्देशन दिने र जनतालाई दिने सुविधाका बारेमा सरकारको काम कारबाही प्रति जबाफदेही बनाउने अधिकार पनि समिति संग रहेको हुन्छ । समितिले पुर्णता पाएपछि अव सदनमा प्रस्तुत हुने विभिन्न विषयहरुको मसिनो गरि छलफल हुने संसदीय समितिहरुले अब गति लिने विश्वास गरिएको छ ।
विषयगत समिति गठन भइरहदा नेपाली काँग्रेसबाट कृषि, प्राकृतिक श्रोत तथा सहकारी समितिको सभापति भएकी डा. आरजु राणा देउवा किन समितिको नेतृत्व लिइन भन्ने प्रश्न आउनु स्वभाविक हो ।
तिन पटक सम्म सांसद भइसकको, कुनै पनि मन्त्रालयको नेतृत्व गर्न सक्ने हैसियत राख्ने उनले समितिको नेतृत्व गर्ने निर्णय भने आकस्मिक होइन । दलले समितिमा सदस्यहरु पठाउने बेला नै डा. आरजु राणाले कृषि, प्राकृतिक श्रोत तथा सहकारी समितिमा रुचि देखाएकी थिइन ।
लामो समय देखि गैरसरकारी संस्था मार्फत नेपालको कृषि क्षेत्रलाई नजिकबाट बुझेकी डा. आरजु राणाले नितिगत तहबाट नै कृषि क्षेत्र तथा प्रचुर मात्रामा रहेको हाम्रो प्राकृतिक श्रोतहरुको संरक्षण र उपयोगका बारेमा योगदान गर्ने सोचका साथ समितिको नेतृत्वमा आएकी हुन ।
स्नातक तह, स्नाकोत्तर तहमा विश्वविद्यालय प्रथम भएकी डा. आरजु राणाले पंजाव विश्वविद्यालयबाट सन १९९० मा संगठनात्मक मनोविज्ञानमा विद्यावारिधि गरेकी छन उनको शैक्षिक उपाधि तथा ३० बर्षे लामो राजनैतिक तथा सामाजिक क्षेत्रमा क्रियाशिल जिवनबाट प्राप्त अनुभवहरुलाई नितिगत तहमा नै सकारात्मक परिवर्तन देखाउने यो एउटा अवसर पनि हो ।
जलवायु परिवर्तनले नेपालको कृषि खाद्य प्रणाली तथा प्राकृतिक श्रोतहरुलाई गरेको असर, प्राकृतिक श्रोतको समुचित विकास, सुशासन तथ संरक्षण र दिगो उपयोग मार्फत जलवायु मैत्री तथ उद्यमशिल विकास गर्न, कृषि भूमिको उपयोगका बारेमा आवश्यक निति तथा नियमहरु निर्माण गर्ने र हालका दिनहरुमा सहकारी क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्ने सोचका साथ उनले उक्त समितिको नेतृत्व गर्न तयार भएकी हुन ।
साथै समितिमा मसिनो सँग आफूलाई मन लागेको विषयमा छलफल गर्न, विभिन्न मन्त्रालयहरूको रिपोर्ट लिने, संविधानअनुसार मन्त्रालय अघि बढेको छ की छैन भनेर पनि छलफल गर्न सक्ने भएकाले एउटा मन्त्रालयमा गएर सिमित क्षेत्रमा योगदान गर्न भन्दा समितिमा रहेका बहुक्षेत्रमा योगदान गर्ने सोचका साथ समितिको नेतृत्वमा गएको बताइन्छ ।
तपाईको प्रतिक्रिया