डोल्पा, भाद्र ११ – डोल्पाका नेपाली सेनाका गुल्मपति विमल खतिवडा अझै सम्पर्कविहीन भएका छन्। डोल्पा सदरमुकाम स्थित नन्दबक्सका गुल्मपति उनी आइतबार दिउँसो ४ः५५ बजेतिर ब्यारेकबाट निस्किएको जिल्ला प्रहरी प्रमुख डिएसपी शिवकुमार बुढाथोकीले जानकारी दिए।
काठमाडौंको कागेश्वरी मनोहरा डाँछी घर भएका उनी ब्यारेकबाट एक घन्टाको दूरीमा रहेको त्रिपुराकोटमा देखिएका थिए। त्यसपछि सम्पर्कविहीन रहेको डिएसपी बुढाथोकीले जानकारी दिए।
‘उहाँ हिजो अपराह्न ब्यारेकबाट निस्कनुभएको रहेछ। साँझतिर त्रिपुराकोटमा देखिनुभएको भन्ने जानकारी छ। नेपाली सेना, प्रहरी सबै मिलेर खोजी गरिरहेका छौं। सम्पर्कमा आउनुभएको छैन,’ डिएसपी बुढाथोकीले भने। सेनानी पण्डित सम्पर्कविहीन भएको नेपाली सेनाका प्रवक्ता सहायक रथि कृष्णप्रसाद भण्डारीले पनि पुष्टी गरे।
तपाईको प्रतिक्रिया