काठमाडौं, १० – नेपाली कांग्रेसकी नेतृ एंव प्रतिनिधि सभा सांसद डा. आरजु राणा देउवाले प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा उम्मेदवारी दिएकी छन् । आइतबार संघीय संसद सचिवालयमा गई उनले समिति सभापतिमा उम्मेदवारी दर्ता गराएकी हुन् ।
त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेस सांसद रामहरि खतिवडाले उम्मेदवारी दिएका छन् ।
उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिको सभापतिमा जनमतका अब्दुल खानको उम्मेदवारी दर्ता भएको छ ।
त्यसैगरी अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा जसपाका राजकिशोर यादवको उम्मेदवारी दर्ता भएको छ ।
त्यसैगरी अर्थ समितिमा नेपाली कांग्रेसका सन्तोष चालिसेको उम्मेदवारी दर्ता भएको छ ।
प्रमुख दहरुले प्रतिनिधिसभाका १० र संघीय संसदका २ वटा संयुक्त गरी १२ वटा समितिको नेतृत्व भागबण्डा गरेका थिए ।
जस अनुसार कांग्रेसले ४, एमालेले ३, माओवादीले २, जसपा, एकीकृत समाजवादी र जनमत पार्टीले एक एक वटा समितिको नेतृत्व लिने सहमति भएकोमा माओवादीले एक समिति राप्रपालाई छोडेको छ ।
तपाईको प्रतिक्रिया