काठमाडौं, भाद्र १० – डा. आरजु राणा देउवालाई नेपाली कांग्रेसले कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको सभापतिमा उम्मेदवार बनाउने भएको छ ।
काँग्रेस श्रोतका अनुसार आफ्ना भागमा परेका चार सभापतिमध्ये कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिमा डा. आरजु राणा देउवा, राज्य व्यवस्था समितिको सभापतिमा रामहरि खतिवडा, संसदीय सुनुवाइमा जीवन परियार र अर्थ समितिमा सन्तोष चालिसेको नाममा सहमति भएको छ ।
कांग्रेस केन्द्रिय समिति सदस्य समेत रहेका डा. आरजु राणा देउवा समानुपातिक पद्धतिबाट निर्वाचित साँसद हुन । पटक पटक सांसद निर्वाचित भएता पनि उनले पहिलो पटक संसदीय समितिको नेतृत्व गदैछिन ।
लामो समय रिक्त रहेको संसदीय समितिको नेतृत्वका लागि आज मनोनयन हुँदै छ । भोलि (सोमबार) सम्बन्धीत समितिको बैठकले सभापति चयन गर्ने कार्यतालिका रहेको छ । समितिको नेतृत्व चयन नहुँदा ९ महिनादेखि ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बस्दै आएको छ ।
तपाईको प्रतिक्रिया