काठमाडौं, भाद्र १० – क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत काठमाडौंमाआज (आइतबार) पेसी रहेको छ। आइतबार मुद्दाको फैसला गर्ने अपेक्षा गरिएको छ।
यसअघि सन्दीपको मुद्दामा गत साउन ३२ मुद्दामाथि सुनुवाइ भएको थियो। उक्त दिन काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडित किशोरीकी आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिएको थियो।
पीडित किशोरीकी आमाको जन्ममिति एउटा कागजातमा २०३५ र अर्को कागजातमा २०३३ रहेको पाइएपछि अदालतले जन्ममिति प्रमाणीकरण गर्न भनेको हो। न्यायाधीश खतिवडाको साउन ३२ गतेको इजलासले मुद्दाको नियमित सुनुवाइ गर्ने निर्णय समेत गरेको थियो।
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका लामिछानेविरुद्ध पेशी रहेकै कारण उनि नेपाली क्रिकेट टिम संगै एसिया कप खेल्न पाकिस्तान खेल्न गएका छैनन । उनि आज अफ्नो पक्षमा फैसला आएमा अथवा फेरी मुद्दाको अर्को पेशी तोकीएमा आजै साँझ पाकिस्तान जाने बताइएको छ ।
तपाईको प्रतिक्रिया