Site icon Kathmandu Bulletin

संसदको विषयगत समितिको सभापतिका लागि आज मनोनयन दर्ता

काठमाडौं, भाद्र १० –  प्रतिनिधि सभाका दश वटा विषयगत समितिको सभापति चयनका लागि आज मनोनयन दर्ताको कार्यक्रम रहेको छ । आज (भदौ १० गते ) बिहान ११ बजेदेखि ४ बजेसम्म उम्मेदवारीको प्रस्ताव गर्ने कार्यक्रम छ। आजै ४ः३० मा दर्ता भएका प्रस्तावको दर्ता क्रमअनुसार सूची प्रकाशन गरिनेछ।

त्यस्तै ११ गते दिउँसो ३ बजे सम्बन्धित समितिको सभा कक्षमा उम्मेदवारका प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने, समर्थकले समर्थन गर्ने र उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ।

एकभन्दा बढी समितिमा पदेन सदस्य भएका प्रधानमन्त्री, मन्त्रीहरुलाई आफू कुन समितिको मतदानमा सहभागी हुने हो त्यसको लिखित जानकारी भदौ १० गतेभित्र सभामुखलाई उपलब्ध गराउन भनिएको छ।

Exit mobile version