Site icon Kathmandu Bulletin

धरानमा निषेधाज्ञा

सुनसरी, भाद्र ९ – धरान उपमहानगरपालिकामा गएराति १२ बजेदेखि निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले आज राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको हो ।

विभिन्न हिन्दू संगठनहरुले आज धरानमा धार्मिक र्‍याली आयोजना गरेका छन। र्‍यालीले तनाव उत्पन्न गर्न सक्ने भन्दै जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको हो। प्रशासनले धरान प्रवेश गर्ने सबै नाकाहरुमा कडाइ गर्नुका साथै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।

अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामूहिक रूपमा गरिने सामाजिक, धार्मिक, राजनैतिक सभा, भेला, जम्मा र प्रदर्शनलगायतका कुनै पनि कार्यक्रमहरू नगर्न–नगराउन धरान उपमहानगरपालिका क्षेत्र भित्रका सम्पूर्ण बडालगायत क्षेत्रमा निषेधाज्ञा जारी भएको हो ।

निषेधाज्ञाका कारण लामो दुरीबाट धरान जाने यातायात इटहरीको पानीपिया क्षेत्रमै रोकिएको छ। केही दिन अघि एक समुहले गोरु काटेर खाए पछि सो क्षेत्र तनावग्रस्त बन्दै आएको छ ।

यसैबीच, सामाजिक सद्भाव कायम राख्न शुक्रबार धरानमा सर्वदलीय–सर्वपक्षिय र्‍याली निकालिएको थियो । साम्प्रदायिक तथा धार्मिक सद्भाव खलल हुन नदिई संवादबाटै समाधान खोज्न धरानका राजनीतिक दल तथा संघसंस्थाले आह्वान पनि गरेका छन् ।

Exit mobile version