शैक्षिक क्षेत्रमा अपेक्षित परिणाम हासिल गर्न सकिएन, सरकारी विद्यालयहरु मर्ज गर्नुपर्ने अवस्था आउन सक्छ : डा. आरजु राणा देउवा
- नयाँ शिविर
- २०८० भाद्र ३ आइतबार

धनगढी, साउन ३- प्रतिनिधि सभा सदस्य एंव समाजसेवी डा. आरजु राणा देउवाले नेपालमा शिक्षा क्षेत्रमा धेरै लगानी भएतापनि अपेक्षित परिणामहरु प्राप्त गर्न नसकिएको बताएकी छन । आईतबार धनगढीमा आयोजित समावेशी तथा गुणस्तरीय शिक्षा र बालबालिका लागि बजेट सम्बन्धी सूदुरपश्चिम प्रदेश स्तरीय गोष्ठीमा बोल्दै डा. देउवाले सरकारले शिक्षा क्षेत्रमा लगानि धेरै गरेता पनि लगानि बराबरको प्रतिफलहरु प्राप्त गर्न नसकिएको बताएकी छन । उनले युवाहरु १२ पास गरिसकेपछि रोजगारीका लागि बाहिर जाने प्रचलन रहेकाले सरकारले नेपालमै पढाइसंगै रोजगारीको व्यवस्था गर्नुपर्ने बताएकी छन ।
कार्यक्रममा उनले कक्षा छोड्ने दर पनि धेरै भएकाले यसको न्यूनिकरणका बारेमा पनि गम्भीर भएर सोच्नपुर्ने बताए । अपाङगता भएको व्यक्तिलाई कसरी शिक्षाको मुल क्षेत्रमा ल्याउन सकिन्छ, बालबालिकाको क्षेत्रमा आवश्यक बजेट विनियोजन गर्ने विषयमा पनि सरकारले उचित कदम चलाउनुपर्ने बताएकी छन ।
उनले एक अर्को विषयमा बोल्दै नेपालमा महिलाहरुको संख्या घट्नु गम्भिर विषय भएको र महिलाहरुको संख्या घट्नुमा लिङ्ग पहिचान गरेर गरिने भ्रुणहत्या पहिलो कारण भएकाले यस बारेमा पनि गम्भिर कदम चाल्न आवश्यक रहेको बताएकी छन ।
ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) ले आयोजना गरेको कार्यक्रममा समावेशी शिक्षा प्रवद्र्धनका लागी शारिरिक तथा मानसिक अपाङ्गता भएका तथा तेश्रो लिङ्गी बालबालिकाको स्विकार्यता, पहुँच, अनुकुलन र उपलब्धतालाई ध्यान दिदैं विभेद रहित शिक्षण तथा सिकाई क्रियाकलापका बारेमा छलफल भएको थियो ।
गुणस्तरीय समावेशी शिक्षा प्रदान गनर्, प्रदेश भित्र सञ्चालित विशेष विद्यालय, एकिकृत विद्यालय र स्रोत कक्षामा कार्यरत शिक्षकहरुलाई आवश्यक तालिम दिन, बालबालिकालाई प्रविधी मैत्री शिक्षाको पहुँच सुनिश्चितता गर्नका लागि आवश्यक नीति, कार्यक्रम र योजना तर्जुमा गर्न र बालबालिकाको लागि छुट्टै बजेट कोडको व्यवस्था गर्ने विषयमा पनि छलफल भएको थियो ।
तपाईको प्रतिक्रिया