काठमाडौ, भाद २ – नेपाली काँग्रेसकी नेतृ तथा प्रतिनिधि सभा सांसद डा. आरजु राणा देउवाले कैलालीको धनगढीमा राना थारु समुदायसंगै राना समुदायहरुले मनाउने तिज मनाएकी छन । धनगढी नगरपालिका वडा नं. ८ धनगढी गाउँमा आयोजित एक कार्यक्रममा सहभागि भई पुजा संगै राना समुदायका महिलाहरु संग पिङ खेलेर मनाएकी छन ।
धनगढी गाउँका भल्मन्सा सैजाढे राना को सभापतित्वमा भएको कार्यक्रममा बोल्दै डा. देउवाले राना समुदायको सँस्कृति, भेषभुषा, भाषा, धर्म को प्रसंसा गदै यसको संरक्षण गर्नुपर्ने बताएकी हुन । उनले कार्यक्रम पछि नजिकको मोहना नदिमा गएर पुजा गरिकि थिइन ।

कार्यक्रममा डा. देउवाले राना थारु समुदायको विभिन्न क्षेत्रमा योगदन गर्ने व्यक्तिहरुलाई सम्मान समेत गरेकी थिइन ।
साथै उनले सरसफाई क्षेत्रलाई विशेष ध्यान दिन आग्रह गदै सो क्षेत्रमा पनि सरसफाई र शैक्षिक क्षेत्रमा सक्दो सहयोग गर्ने बताइन । उनले शिक्षा जिवनमा महत्वपुर्ण भएकाले विद्यालय छाड्ने प्रवृतिलाई अन्त्य गर्नुपर्ने बताएका छन साथै उनले शिक्षा क्षेत्रको विकासका लागि अभियान नै चलाउनु पर्ने बताए ।

आजको दिन राना थारु महिला दिदीबहिनीहरू दिनभरि निराहार व्रत बसेर तिज पर्व मनाउने गर्दछन साथै साँझ नजिकको नदीमा पूजाआजा गरेर त्यहीँ प्रसादको रूपमा तयार पारिएको परिकार खाने चलन छ। यसै गरी, झुरकी (कुसको गाँठो) बनाएर लग्ने चलन छ।
विवाहित व्रतालुले सात वटा गाँठो र अविवाहितले पाँच वटा गाँठो बनाएर झुरकी लग्ने गरेका छन। मुरिया र झुरकी दुवै नदीमा सेलाइन्छ। सो क्रममा व्रतालुहरुले झुरकी र मुरियालाई नदीको धारमा छोडेर धारै धार टाढा जानू, हाम्रो दाजुभाइ, भतिजाको उमेर बढाउनूु भन्ने गरेको जनाइएको छ।

तपाईको प्रतिक्रिया