काठमाडौं, भाद्र १ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निजामती कर्मचारी मुलुकको स्थायी सरकार भएकाले देशको बिकासका लागि सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताएका छन शुक्रबार काठमाडौंमा नेपाल निजामती कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशन उद्घाटन गर्दै सभापति देउवाले उक्त कुरा बताएका हुन ।
जनताको सेवामा निजामती कर्मचारीले विना अवरोधका साथ काम गर्न पाउनुपर्ने भन्दै देउवाले लोकतन्त्रिक संविधान अनुसार दलहरु लोकतन्त्रिक हुँदै गएकाले अहिलेको व्यवस्थालाई बलियो बनाउन सवै चनाखो हुनुपर्नेमा जोड दिए ।
त्यस्तै कार्यक्रममा बोल्दै पार्टि उप–सभापति तथा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्मचारीहरुको समस्या समाधान हुने गरि संघीय निजामती सेवा ऐनलाई छिटै सदनमा प्रस्तुत गर्ने बताए। उनले संघीय निजामती सेवा बनाउदा ट्रेड युनियनको अधिकारमा गम्भीर रुपमा ध्यान गएको समेत बताए।
तपाईको प्रतिक्रिया