काठमाडौं, साउन ३१ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाका लागि आवेदन फारम खुला गरेको छ । परीक्षाको समय तालिका सार्वजनिक गर्दै बोर्डले आवेदन फाराम बुझाउन आग्रह गरेको हो ।
२०८० को जेठमा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा नियमित परीक्षार्थीको रूपमा सहभागी भई सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गर्नेले फारम भर्न पाउने छन् । बाँकी दुई विषयमा नन् ग्रेडेड प्राप्त गर्ने वा सैद्धान्तिकतर्फ अन्य विषयमा डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गर्नेले परीक्षामा सहभागी हुन पाउने बोर्डले जनाएको छ ।
ग्रेडवृद्धि का लागि भदौ २२ गते सम्म फाराम भर्नका लािग बोर्डले आग्रह गरेको छ साथै सो अवधिमा फाराम भर्न छुनेका विद्यार्थीहरुले भदौ २९ गते सम्म दोब्बर दस्तुर दिएर फाराम भर्न सक्ने ब्यवस्था भएाको बार्डले जानकारी दिएको छ । पूरक परिक्षा परीक्षा असोज ६ र ७ गते हुने बोर्डले जनाएको छ ।

तपाईको प्रतिक्रिया