काठमाडौं, साउन ३०- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक सिनामंङ्गल बाट बरामद भएको सुन गलाउन सुरु गरिएको छ ।
बबरमहलस्थित नेपाल राष्ट्र बैंकको टक्सार कार्यालयमा आज बिहानबाट सुन गाल्न सुरु गरिएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, राजस्व अनुसन्धान विभाग, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिहरुको रोहबरमा सुन गलाउन सुरु गरिएको हो ।
ब्रेक शु भनेर विदेशबाट ल्याइएको सुन राजस्व अनुसन्धान विभागले यही साउन ३ गते सिनामङ्गलबाट बरामद गरेको थियो । उक्त सुन जोख्नका लागि नेपाल राष्ट्र बैंकको बबरमहलस्थित कार्यालयमा ल्याएर राखिएको थियो ।
एक क्विन्टल भनेर चर्चा भएतापनि सोमबार ब्रेक शु छुट्याएर सुन जोख्दा ६० किलो ७८९ ग्राम भएको राष्ट्र बैंकको टक्सार महाशाखा प्रमुख थानेश्वर अर्यालले बताएका छन् ।
तपाईको प्रतिक्रिया