काठमाडौं, २६ साउन – नेपाली कांग्रेस सांसद सुनील शर्माले आफूले न्याय पाएको बताएका छन् । जिल्ला अदालतले थुनामा राख्न प्रहरीलाई अनुमति नदिएपछि रिहा भएका शर्माले आफूले न्यायालयबाट न्याय पाएको बताए ।
उनले व्यावसायी मीनबहादुर गुरुङ र कांग्रेस नेता बालकृष्ण खाँणले पनि बाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने पनि बताए । उनीहरू भगौडा नभएको उनको भनाइ छ ।
सांसद शर्मालाई नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी एमबिबिएस उत्तीर्ण गरेको आरोपमा सिआइबीले बिहिबार पक्राउ गरेको थियो ।
त्यस्तै शर्मा रिहा भएपछि मेडिकल ब्यवसायि तथा अभियान्ता दुर्गा प्रसाई अदालत पुगेर स्वागत गरेका छन । प्रसाई बिहिबार पनि शर्मा पक्राउ परे लगतै उनलाई भेट्न गएका थिए ।

