काठमाडौं, साउन २६ – नेपाली कांग्रेकाका सांसद डा. सुनिल शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न काठमाडौ जिल्ला अदालतले आदेश दिएको छ । शर्मासँगै पक्राउ परेका अरुलाई भने अदालतले ५ र ७ दिनको म्याद दिएको सीआईबीका एसपी नवराज अधिकारीले जानकारी दिए । उनीहरु सबैलाई नक्कली प्रमाण पत्रका आधारमा डाक्टर बनेको आरोपमा पक्राउ गरिएको हो ।
बिहीबार सीआईबीले शर्मा सहित महोत्तरीका डा. रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा. अमित चौधरी, रौतहटका डा. रामबाबु यादव र डा. एरिना शाहलाई पक्राउ गरेको थियो । यस्तै शुक्रबार इशान बाल अस्पतालमा कार्यरत चिकित्सक श्रद्धा शिल्पकार र सुमेरु सिटी अस्पतालकी डा. पुनम थापा चौधरी पक्राउ परेका थिए ।
स्रोतका अनुसार, ब्युरोले १५ जना चिकित्सकलाई निगरानीमा राखेको थियो । तीमध्ये ७ जना पक्राउ परेकामा शर्मालाई अदालतले थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।
तपाईको प्रतिक्रिया