Site icon Kathmandu Bulletin

सिम्रिक एयरका हेलिकप्टर उडानमा रोक

काठमाडौ, साउन २६ – निजी क्षेत्रको हवाई कम्पनी सिम्रिक एयरका हेलिकप्टरले आजदेखि उडान भर्न नपाउने भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले बक्यौता रकम नतिरेका कारण सिम्रिकका सबै हेलिकप्टरलाई उडानमा रोक लगाएको हो। सिम्रिकले विमानस्थल सेवा शुल्क बापतको ४६ लाख ४३ हजार रकम बुझाउन बाँकी छ।

बक्यौता रकम तिर्न पटकपटक ताकेता गर्दा पनि अटेर गरेपछि उडानमा रोक लगाउनुपर्ने अवस्था आएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए। सिम्रिकले हाल ४ वटा हेलिकप्टरमार्फत उडान गर्दै आइरहेको छ।

Exit mobile version