Site icon Kathmandu Bulletin

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप दुई जना डाक्टर पक्राउ

काठमाडौँ, साउन २६ – नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले थप दुई जना डाक्टर पक्राउ परेका छन्।

पक्राउ पर्नेमा इशान बाल अस्पतालमा कार्यरत चिकित्सक श्रद्धा शिल्पकार र मोरङका चिकित्सक मनित चौधरीलाई रहेका छन ।

शिल्पकारलाई बिहीबार राति काठमाडौंबाट पक्राउ गरिएको हो भने चौधरीलाई मोरङबाट पक्राउ गरिएको सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। उनका अनुसार चौधरीले मोरङमा निजी क्लिनिक चलाउँदै आएका छन्। योसँगै नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ।

बिहिबार मात्र सिआइबी ले नेपाली काँग्रेसका नेता तथा सांसद सुनिल शर्मा लगायत ५ जनालाई पक्राउ गरेको थियो ।

Exit mobile version