पोखरा, साउन २५- पोखरामा २४ तोला सुनसहित एक महिलालाई पक्राउ गरिएको छ ।
वडा प्रहरी कार्यालय बैदामले झापाको बिर्तामोड नगरपालिका–१ घर भई काठमाडौं बस्ने ४५ वर्षीया कलपना गुरुङ लाई पक्राउ गरिएको जनाएको छ ।
बैदाम प्रहरी कार्यालय प्रमुख डीएसपी वेद जोशीका अनुसार गुरुङलाई काठमाडौंबाट पोखरा आने क्रममा पृथ्वीचोकबाट नियन्त्रणमा लिइएको हो । ‘कहाँबाट कहाँ लैजाने ? कसको हो भन्ने अनुसन्धान हुँदैछ,’ जोशीले भने ।
अहिले स्थानीय र प्रत्यक्षदर्शीको रोहबरमा मुचुल्का उठाउने काम भैरहेको बैदाम प्रहरीले जानकारी दिएको छ ।

