काठमाडौ, साउन २४ – नेपाली काँग्रेसको भातृ संगठन नेपाल महिला संघले आफ्नो स्थापना दिवस बिविध कार्यक्रम गरि मनाएको छ । स्थापना दिवसको अवसरमा नेपाल महिला संघले संघका संस्थापक सदस्यहरुलाई उहाँहरुको निवासमै गएर सम्मान गरेको छ ।
संघका संस्थापक सदस्यहरु सिता दाहाल, नारायणी देवी श्रेष्ठ, अन्जु बस्नेत र मनेका श्रेष्ठलाई नेपाल महिला संघका सभापति उषा रावतको नेतृत्वमा गएको टोली ले दोसल्ला सहित सम्मान गरेको हो । भेटको क्रममा महिला संघका संस्थापक सदस्यहरुले संघको स्थापनाकालको स्मरण गरेको थिए । संस्थापक सदस्य मनुका श्रेष्ठले महिलाहरुको हक तथा अधिकारका पक्षमा नेतृत्व गरेको नेपाल महिला संघले सम्झिएकोमा पदाधिकारीहरुलाई धन्यबाद दिदै आगामि दिनहरुमा पनि नेपाल महिला संघले अविचलित रुपमा निरन्तर लोकतन्त्र र महिला अधिकारका पक्षमा आफुलाई नेतृत्वदायी संगठनको रुपमा स्थापित गरिरहने विश्वास राखिन ।

नेपाली काँग्रेसका नेता गणेशमान सिह ले महिलाहरुको हक तथा अधिकारका लागि संस्था स्थापना गर्नुपर्छ भनेपछी नेपाली काँग्रेसका नेतृहरुले स्व. मंगलादेवी सिहँको नेतृत्वमा बि.सं. २००४ साउन २४ गते नेपाल महिला संघको स्थापना गरेका थिए ।

आजै नेपाल महिला संघ केन्द्रिय कमिटीको नेपाल महिला संघको केन्द्रिय कार्यालय धापासीमा एक कार्यक्रमको आयोजना गरि मंगलादेवीको सालिकमा माल्यार्पण गरेको थियो ।

नेपाल महिला संघले स्थापना दिवसमा मधेश प्रदेशबाट प्रशिक्षण कार्यक्रमको सुरुवात गर्ने निर्णय गरेतापनि देशभरी भएको बर्षाले यातायातमा देखिएको अवरोधका कारण प्रशिक्षण कार्यक्रम स्थगित गरिएको संघका सभापति रावतले जानकारी दिए । आजको कार्यक्रम प्रतिकुल मौसमका कारण स्थगित भएता पनि आगामि भदौ ४ र ५ गते सुदुरपश्चिम स्तरीय प्रशिक्षण कार्यक्रम निर्धारित समयमै आयोजना हुने र त्यसपछि अन्य प्रदेश हरुमा पनि प्रशिक्षण कार्यक्रम आयोजना गरिने सभापति रावतले बताएका छन ।
तपाईको प्रतिक्रिया