एजेन्सी, साउन २४ – सूर्यकुमार यादवको सानदार ब्याटिङमा भारतले तेस्रो टि२० आई खेलमा घरेलु टोली वेस्टइन्डिजलाई ७ विकेटले हराएको छ । जितको लागि पाएको १ सय ६० रनको विजयी लक्ष्य भारतले १७।५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।
भारतको लागि सूर्यकुमार यादवले ४४ बलमा १० चौका र ४ छक्कासहित ८३ रनको योगदान दिए ।चौथो विकेटका लागि सूर्य र तिलक बर्माले ८७ रनको साझेदारी गर्दै सहज जितको आधार तय गरेका थिए । तिलक बर्मा ३७ बलमा ४ चौका र १ छक्कासहित ४९ रनमा नट आउट रहे । हार्दिक पान्ड्या १५ बलमा १ चौका र १ छक्कासहित २० रनमा नटआउट रहे ।
वेस्टइन्डिजका अल्जारी जोशेफले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । ओबेद म्याककोयले २ ओभरमा ३२ रन खर्चेर १ विकेट लिए ।
त्यसअघि गयानामा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो । तर उक्त योगफल जितको लागि पर्याप्त हुन सकेन ।
वेस्टइन्डिजका कप्तान रोभम्यान पावेल १९ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ४० रनमा नटआउट रहेका थिए । ओपनर ब्रेन्डन किंग ४२ बलमा ५ चौका र १ छक्कासहित ४२ रन बनाए । वेस्टइन्डिजले बलियो सुरुवातका बाबजुद विशाल योगफलमा पुग्न सकेको थिएन । चौथो खेल शनिबार र पाँचौं खेल आइतबार हुनेछ ।
तपाईको प्रतिक्रिया