रोल्पा, साउन २३ – रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन भने दुर्घटनामा एक बालक भने भेटिएका छैनन् । रोल्पाको बागमारादेखि दाङको घोराहीतर्फ जाँदै गरेको बस रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँस्थित रिची गाउँमा दिउँसो १ बजे तिर दुर्घटना भएको थियो ।
स्थानीयहरूका अनुसार तीव्र गतिमा गुडिरहेको बस चालकको नियन्त्रण बाहिर जाँदा दुर्घटनामा परेको थियो । घटनास्थलमा घाइते र मृत्यु भएकाहरुको उद्धार जारी रहेको स्थानीय अगुवा डम्बरबहादुर पुनले बताए । उनका अनुसार घटनास्थलमा उद्धारका लागि प्रहरीसहित स्थानीय खटिएका छन् । मृतकको पहिचान हुन बाँकी छ ।
घटनाबारे जानकारी पाएपछि सदरमुकामबाट प्रहरी निरीक्षकसहितको प्रहरी टोली खटाइएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक श्याम सारुमगरले बताए । घटनाबारे प्रमुख जिल्ल्ला अधिकारी र प्रहरीलाई साढे १ बजे सूचना प्राप्त भएको थियो ।
तपाईको प्रतिक्रिया