गेटा अस्पताल संचालनका लागि १ सय ४० जनाको दरबन्दी संरचना स्वीकृत
- नयाँ शिविर
- २०८० श्रावाण २३ मङ्गलबार

काठमाडौं, साउन २३ – सरकारले गेटा मेडिकल कलेजको अस्पताल संचालनको तयारी अगाडि बढिरहेको छ । स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने कि स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्ने विषयमा विवाद चलिरहेकै बेला गेटा अस्पताल संचालन अगाडि बढाउनका लागि ४७ जना नर्ससहित १ सय ४० जनाको दरबन्दी संरचना स्वीकृत भएको छ । दरबन्दी पास भएसँगै कर्मचारी भर्ना प्रक्रिया अगाडि बढाउन बाटो समेत खुलेको छ ।
स्वीकृत दरबन्दी अनुसार ११ औं तहको प्रमुख कन्सल्ट्यान्ट अस्पतालको प्रमुख रहेछन् । मेडिकल शाखा, चिकित्सा शाखा, स्त्री तथा प्रसुति रोग शाखा, प्रशासन शाखा, सपोर्ट सर्विस शाखा गरि पाँच वटा शाखाहरुरहेका छन् । जसमा मेडिकल शाखाअन्तर्गत जनरल मेडिकल, आकस्मिक सेवा इकाई, नर्सिङ इकाई रहेका छन् ।
त्यस्तै जनरल मेडिकल इकाईमा वरिष्ठ कन्सल्ट्यान्ट फिजिसियन ९र१० औैं तह १ जना, वरिष्ठ कन्सल्ट्यान्ट ९्१० औैं तह पेडियाट्रिसियन १ जना, मेडिकल अधिृकत २ जना, हेअ २ जना, इसिजी टेक्नीसियन १ जना, फिजियोथेरापी अधिकृत १ जना र डाइटिसियन १ जनाको गरी १० जनाको दरबन्दी स्वीकृत गरिएको छ । आकस्मिक सेवा इकाईमा जहेस ९्१० औं तह एक जना, मेडिकल अधिकृत ५ जना र हेल्थ असिस्टेन्ट ४ जना गरी १० जनाको रहनेछन् ।
नर्सिङ इकाईमा नर्सिङ अधिकृत १ जना, मिडवाइफ्री ४ जना, स्टाफ नर्स ४० जना, काउन्सलर नर्स २ जना गरी ४७ जनाको दरबन्दी सिर्जना गरिएको छ । शल्य चिकित्सा शाखाअन्तर्गत रहने शल्यचिकित्सा इकाईमा ९ र १० औं तहको वरिष्ठ कन्सल्ट्यान्ट सर्जन १ जना, वरिष्ठ अर्थोपेडिक्स सर्जन १ जना, वरिष्ठ कन्सल्ट्यान्ट एनेस्थेसियालोजिष्ट १ जना, ८ औं तहको मेडिकल अधिकृत ३ जना, एनेस्थेसिया सहायक २ जना, ओटी टेक्नीसियन १ जना, अहेअ २ जना गरी ११ जनाको दरबन्दी पास भएको छ । स्त्री तथा प्रसुति रोग शाखाको स्त्री तथा प्रसुति इकाईमा ९ र १० औं तहको १ जना वरिष्ठ गाइनोकोलोजिष्ट, २ जना मेडिकल अधिकृत र १ जना हेअ रहेछन् ।
प्रशासन शाखा दुई इकाईमा ३९ जनाको दरबन्दी कायम गरिएको छ । जसमध्ये प्रशासनमा ३७ जना कर्मचारीको दरबन्दी कायम गरिएको छ । यसैगरी, आर्थिक प्रशासन इकाईमा लेखा अधिकृत १ जना र लेखापाल १ जना गरी २ जना कर्मचारी हुनेछन् ।
सपोर्ट सर्विस शाखाअन्तर्गत प्रयोगशाला, रेडियोलोजी, फार्मेसी, सर्विलियन्स एण्ड अनुसन्धान, बायोमेडिकल इन्जिनिरिङ इकाई बनाइएको छ । ती सबै एकाईहरुमा १९ जनाको दरबन्दी स्वीकृत भएको छ । जसमध्ये प्रयोगशाला ईकाईमा ५ जना, रेडियोलोजी इकाईमा ६ जना, फार्मेसी इकाईमा ४ जना, सर्विलियन्स एण्ड अनुसन्धान इकाईमा २ जना र बायोमेडिकल इन्जिनियरिङ इकाईमा २ जना कर्मचारी रहनेछन् ।
तपाईको प्रतिक्रिया