काठमाडौं, साउन २२ – त्रिभुवन विश्वविद्यालयले कर्मचारीहरुको सेवा सुविधामा कटौती गरेको छ । विश्वविद्यालयले कर्मचारीहरूको अतिरिक्त सेवा सुविधा कटौती गरेको हो । त्रिविको आर्थिक अवस्था धरासायी बनेको भन्दै कर्मचारीहरूलाई दिँदै आएको अतिरिक्त सेवा सुविधा कटौती गरिएको हो ।
त्रिविको उक्त निर्णयपछि ७ हजारको हाराहारीमा रहेका त्रिविका कर्मचारीले पाउँदै आएको अतिरिक्त सुविधा कटौती हुन लागेको हो । साउन महिनादेखि लागू हुनेगरी तलब सुविधा बाहेक पाउने अतिरिक्त भत्ता लगायतका सुविधा नपाउने भएका हुन् ।
त्रिविको उक्त निर्णयको विरोधमा कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । उनीहरूले उक्त निर्णय तत्काल फिर्ता लिन र कर्मचारीको सेवा सुविधा यथावत राख्न माग राखेका छन् । त्रिविले देशको अवस्था जर्जर रहेको र त्रिविको समेत आर्थिक अवस्था धरासायी बनेको भन्दै त्रिवि सभाले अतिरिक्त पारिश्रमिक सेवा सुविधा सबै कटौती गरेको थियो ।
प्रोत्साहन पारिश्रमिक, भत्ता, सेवा सुविधा तथा अतिरिक्त भत्ताका विषयमा अध्ययन गर्न साउन ७ गतेको त्रिवि कार्यकारी सभाले उच्चस्तरीय समिति गठन गरेको थियो । उक्त समितिले काम थालेको र समितिको सुझावको आधारमा अघि बढ्ने दाहालले बताए । विश्वविद्यालयले आवश्यकता र औचित्यताका आधारमा भत्ता तथा अतिरिक्त पारिश्रमिकको विषयमा यथोचित निर्णय लिने उनको भनाइ छ ।
कर्मचारीहरूले भने समय कटौती गरेर घुमाउरो पारामा पारिश्रमिक कटौती गर्ने योजना त्रिविको रहेको बताएका छन् । यस्तो खालको निर्णय पूर्ण रूपमा फिर्ता नलिएसम्म आन्दोलन यथावत रहने र यसलाई थप सशक्त बनाउँदै लैजाने अध्यक्ष भक्तले चेतावनी दिए ।
तपाईको प्रतिक्रिया