काठमाडौं, साउन २२ – बर्षा लागे संगै नेपालमा डंगु संक्रमितको संख्या वढीरहेको छ । हालसम्म डंगु संक्रमितको संख्या आठ हजारनजिक पुगेको छ । २०७९ पुषयता २०८० साउन २० गते सम्म सात हजार ७३३ जनामा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।
डंगु संक्रमणका कारण हालसम्म सुनसरीको धरान उपमहानगरपालिकामा मात्र आठ र सुनसरीमै थप एक गरी नौजनाको मृत्यु भएको छ । तर, महाशाखाले हालसम्म सातजनाको मात्र मृत्यु पुष्टि गरेको छ । जुलाईमा मात्र तीन हजार ६२६ संक्रमित थपिएको महाशाखाले जनाएको छ ।
यो वर्ष नेपालमा डंगुका चारवटै सेरोटाइप देखिएको महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले जानकारी दिए । विश्वका धेरै देशमा डेंगीका चारै सेरोटाइप देखिएको छ । नेपालमा डेंगी १, २, ३, ४ नाम दिइएको छ । फरक–फरक सेरोटाइपसहित डेंगी दोहोरिए बिरामीको अवस्था सिकिस्त हुने उनले बताए ।
तपाईको प्रतिक्रिया